Sunday, October 1, 2017

नेपालको दुरदशा नै परनिर्भरता

कार्तिक १८। २०७२ 
नेपालको दुरदशा नै परनिर्भरता

नेपाल विश्वमान चित्रमा विकिपेडियामा उल्लेख भएअनुसार १९५ राष्ट्रहरुमा ९३औ स्थानमा आकारको आधारमा भारत र चिनको विचमा अवस्थित एक भुपरिवेस्ठित रास्ट्र जो आफ्नो अस्मितालाई विश्वमान चित्रमा एक स्वतन्त्र रास्ट्रको रुपमा आफुलाई उभ्याउन सफल भएको छ। यद्दपी नेपालमा करिव करिव प्रत्यक दशकमा राजनैतिक परिवर्तन भएता पनि आर्थिक रुपमा फड्को मार्न नसक्नु यहाको अर्थतन्त्र परनिर्भतामा भरपर्नु अनि नेतृत्ववर्गले आफुलाई असल राष्ट्रवादी नेताको रुपमा उभ्याउन नसक्नु वा आखामा आखा जुधाएर नेपालको वारेमा आफ्नो कुरा प्रस्तुत गर्न नसक्नु नै हो। यदि नेपालले आफ्नो, जल, भुमि, जडिबुटी, र यहाको उर्वर जन शक्तिलाई उर्जाको रुपमा प्रयोग गर्न सक्ने हो भने एक दशकमा नेपाल विश्वमानचित्रमा आर्थिक रुपमा सम्पन्न रास्ट्रहरुको सुचिमा पार्न सकिन्छ।

नेपालका सरकारहरु प्राय एउटै शैलिका देखिएका छन र नेपाली समाजमा जुन जोगि आए पनि कानै चिरेका भन्ने भनाईलाई नै सावित गर्दै अन्तेमा आफुलाई नालायकहरुको नेतृत्वको नायकको रुपमा प्रस्तुत गर्न सफल भएका छन। विगतमा सुशिल कोइरालाको सरकार सम्बिधान लेखन लागि वचनवद्दताकासाथ नेपालका राजनैतिक दललाई आफ्नो सहयात्री वनाई सफल भैसक्दा पनि अन्तमा पुन कोइराला आफै प्रधानमन्त्रीमा उमेदवारी दिइसकेपछि कोइरालाको त्याग र तपस्याको खिल्ली उडिरहेको अवस्था छ। यद्दपी कोइरालाको उमेद्दवारीले सवै राजनैतिक दललाई एकै स्थानमा ल्याउन सफल भएता पनि नेपाली काङ्ग्रेसको शिर्श नेतृत्व सवैलाई चित्त बुझाउन असफल भएको छ र आफै नेतृत्वमा टासिन खोज्ने प्रवृद्दीले गर्दा नै आज यत्र तत्र नेपाली काङ्ग्रेस खिल्लीको पात्र नेपालका सन्चार माध्यमले दिल्लीको झुकावमा वा नेपाली काङ्ग्रेसका युवा नेता धनराज गुरुङ्गको भनाईमा गेरुवस्त्रधारीले कोइरालालाई १२ महिनासम्म ग्रह दशा वलियो भएकोले प्रधानमन्त्रीमा रहन सक्ने भएकोले पुन उमेदवारी दिएको र उमेदवारीले गर्दा आज नेपाली काङ्ग्रेस जहा पुग्दा पनि यहि प्रश्नको जवाफ दिदै ठिकै भएको छ।

अवका दिनमा वृद्द नेताहरु सल्लाहकारको रुपमा रहि युवा अध्ययनशिल र जोसङग योजना छ त्यस्ता कार्यकर्तालाई नेतृत्वको लागि अगाडि बढाएमा भोलिका दिनमा आज कोइरालामाथि लगाईएको पदललुपताको आरोपबाट मुक्त हुने कुरामा कुनै सङ्का छैन र यसमा सोच पुर्याउनु आजको माग हो। देशको एक सशक्त दलले नेपाली निमुखा र दिनदुखिको आवाज उठाउदै तिनको समस्या समाधान गर्छ भने देशलाई फट्को मार्न समय लाग्ने छैन। निवर्तमान अर्थमन्त्रीले हातहातमा मोबाइल भन्ने नाराकासाथ अगाडि बढ्दा कहाको अर्थतन्त्रलाई वलियो वनाएको छ भन्ने तर्फ नसोचिदिदा मोवाइलको बिकृ बितरणले कसलाई सवल वनाएको छ त्यतातिर ध्यान दिएको भए पनि आज नेपालले अर्थतन्त्रमा फड्को मार्ने थियो तर दुर्भाग्य नेपाली पैसा विदेशी वजारमा अनुत्पादक क्षत्रमा खर्छ भएको छ। मोबाइलको उपयोगले सन्चारमा सजिलो भएतापनि आर्थिक रुपमा कुनै अर्थमा पनि उपयोगि छैन। प्रत्यक नेपालीले प्रयोग गरेको मोबाइलमा गरेको खर्चले एउटा हाइड्रोमा प्रयोग गर्न लगाएको भए आज इन्धनको अभावमा विध्धुतिय शक्ति प्रयोग गरेर खाना पकाउन सकिन्थ्यो तर त्यो अवस्था भएन। वर्तमान सरकारले परनिर्भताको अन्त्य गर्न योजना सहित कार्यान्यनमा लाग्नुपर्छ।

यद्दपी नेपाल कृषिप्रधान मुलुक भएर पनि अहिले खाध्यान्न, तेल, मासु, माछा आदिमा पनि अन्य रास्ट्रसङग भरपर्नु दुर्भाग्य हो। यसबाट मुक्ति दिलाउनको लागि नेपालका भुभागको अध्ययन गरि जहा जे हुन्छ त्यहा कृषिक्रान्ति गर्नुपर्छ जसले गर्दा विदेशी भुमिमा सस्तो ज्यालामा श्रम बेचेर परिवारको जिविको पार्जन गर्नेहरु आफ्नै घर आगनमा बाख्रा, कुखुरा, माछा, तरकारी खेति गर्दै एकातर्फ आफ्नो रोजिरोटिको समस्या हल हुन्छ् भने अर्कोतर्फ खाध्यान्न आयात कटौति गरि देश सम्वृद्दीको बाटो तर्फ लम्कने थियो। त्यस्तै गरि प्रत्यक स्थानको उर्वर भुमिलाई बाझो राख्न नपाइने बनाउनु पर्छ। यदि कोहि कसैले खेति गर्न भ्याउदैन र जग्गा खाली राख्छ भने त्यस्तो जग्गाको लागि करको दायरा बढाई उत्पादन हुने फसलको एक चौथाइ मुल्य बराबर कर लगाइदिने तर जसले खेति गर्दै छ भने त्यसमा अति न्यनतम करलगाइदिनुपर्छ। अर्को सवल पक्ष यो पनि हुन सक्छ यदि जग्गा खाली छ भने जो कोहि कमाएर खान खोज्छ भने उसलाई कमाई खान दिनुपर्छ तर भुस्वामित्व भने जग्गा धनिमा नै रहनु पर्छ।

नेपालका राजनैतिक परिवर्तन पनि परनिर्भरताकै उपज हुन। नेपालको राजनैतिक परिवर्तन चाहे त्यो ०४६ को होस वा ०५२ वा ०६२ को किन नहोस ति आन्दोलनमा नेपाली नेताहरुले भारतियहरुको सहयता लिएका थिए भने अहिले आएर मधेशको आन्दोलनमा भारतियको मृत्यु नेपाली प्रहरीको फायरिमा हुनुले पनि यो सत्यतालाई पुष्टी गर्छ। नेपालले जे गर्नु छ यहिका जनता र माटोलाई साचि राखेर आफ्नो स्वतन्त्र अस्थित्व देखाउने हो भने भारतले नेपाली नेतालाई खेलौनाको रुपमा प्रयोग गर्ने थियनन। हिजो प्रचण्ड, गिरिजा, माधवकुमार नेपाल लगायतले भारतको भुमि प्रयोग गरी, त्यहाका नेतालाई साचि राखि नेपालीलाई वेवास्था गरी गरेको सम्झौता एक राष्ट्रघाती सम्झौता हो जसले गर्दा नेपालको सम्विधानमा यो राख त्यो नराख भन्ने साहस कसरी भारतिय नेतामा आएको छ। यो परनिर्भरताको परिणाम हो र उनीहरु आफुलाई ठूलड्दाईको भुमिकामा राख्न खोज्छन यो नेतागणालाई मान्य भएपनि नेपालीलाई मान्य छैन।

नेपालमा जडिबुटी यथेस्ट मात्रामा हुदाहुदै आज नेपालका अस्पतालमा औषधी छैन भन्नु पनि अर्को परनिरभरताको परिणाम हो।नेपाल सरकारले नेपालको जडिबुटी प्रयोग गरी औषधी उध्योग खोलेको भए यसको समाधान यहि हुने थियो। त्यस्तै गरी काठमाण्डौ उपत्यकाको ग्यासलाई उत्खनन गरेको भए आज ग्यासको अभाव महसुश हुदैनथ्यो। लगानीको लागि पनि अव परनिर्भरतामा नरही नेपाली जनतालाई आवहान गर्ने हो भने तुरुन्त समाधान् निस्कने छ। यहा केवल असल नेतृत्वको अभाव हो जसले झुपडि देखि महल सम्मको समस्या बुझेको होस, उसले अर्थ सङकलन गर्न सक्ने छ। पैसा हुनेसङग पैसा लिने, पैसा नहुनेसङग उसको श्रम लिने तर त्यसबापत शेयर दिने हो भने उसले यो मेरो पनि हो भनि सहि मार्गमा हिडाई कुनै पनि योजना सफल पार्ने थियो र नेपाललाई एक समुन्नत रास्ट्रको नक्साङ्कनमा सहयोगहुने थियो।

आजको आवश्यकता आत्मनिर्भरताको नारा सहित नेपाल सरकार नेपालीलाई उपयोग गर्दै अगाडि जाने होभने आउदा दिनमा नेपाल् पछि पर्ने थिएन। विद्यालयका पाठ्यपुस्तक देखि विश्वविद्यालयमा समेत राष्ट्र, राष्ट्रीयता, मानवता र आत्मनिर्भरता अनि स्वावलम्बीपनको ग्यान दिदै प्रत्यक विद्यार्थीलाई असल मार्गमा उत्प्रेरित गर्ने हो भने अव नेपालीले विगतको पछौटे पनलाई इतिहासमा नै सिमित राख्न सक्ने दिन आउने छ। तर यसलाई सफल वनाउन सवै नेपालीको महत्वपुर्ण भुमिका रहने छ र सवैले आ-आफ्नो स्थानबाट सहयोग गरी आफ्ना सन्तानलाई बिदेशी भुमिमा नपठाइ यहि देशमा अध्ययन तथा काम गर्ने वातावरणमा लाग्नु नै आजको माग हो जुन सवै नेपाली मिलेर पुरा गर्नु छ।
- चन्द्र कान्त पण्डित
लेखनाथ -१५, कास्की

No comments: