Sunday, October 1, 2017

चित्त नबुझेको कुरा

०७४-०१-२१ 
चित्त नबुझेको कुरा लेख्न , भन्न र अभिव्यक्ति स्वतन्त्रता नेपालमा छ भने आज प्रत्यक राजनैतिक कार्यकर्ताहरु स्वतन्त्र उमेदवारलाई खोज्दै भोट खसाल्नु पर्ने देखिन्छ किनकि आफ्नो प्राण त्याग्नको लागि तयार हुने तर आफ्नो दलक् अपमान सहन गर्न नसक्ने नेपाली राजनैतिक दलाका लाखौ कार्यकर्ता छन अव तिनले के गर्ने? हैन भने किन केन्द्रबाट टिकट दिदै फेरि फिर्ता लिदै कार्यकर्तालाई अप्ठ्यारो पार्ने काम गरिदै छ? चुनावनै किन गर्नु परेको छ त यदि केन्द्रमा वसेर नेतागणहरुले बाडिचुडि गर्दै खाएको अबस्था छ र त्यहि खेल अव स्थानिय तहमा पनि आफनालाई लैजाने र देश र नेपालीलाई नेताको दास बनाउने खेलमा लाग्नु दुर्भाग्य हुनेछ भने सङियता, गणतन्त्र, लोकतन्त्र आदि नभनि मनपरि तन्त्र भने हुन्छ ।

यस्तै गर्दै जाने हो भने स्थानीय तहमा दलका कार्यकर्ताले आफ्नो दलको चुनावी चिन्ह भएको उमेदवार नपाएमा उसले कुनै स्वतन्त्र उमेदवारलाई भोटदिन्छभने उसमाथि नेतृत्वले औला ठडाउन पाउनेछैन। किनकि हसिया ह्तौडामा भोट खसाल्नेले कसरि रुखमा छाप् हान्ला, रुखमा भोट् खसाल्नेले कसरि हसिया र हथौडामा भोट् हाल्ने विचारा कार्यकर्ता नेताका दाश। चुनावको नै उपहास किन गर्दैछन नेता। त्यस्तै सुर्यमा भोट हाल्णेले कसरी गाइमा र गाइमा खसाल्नेले कसरी सुर्यमा राख्ने?

अवका दिनम स्वत्न्त्र उमेदवारले पनि आफ्नो उमेदवारी दिएमा उनिहरुले जित्ने सम्भावना देखिन्छ। चुनावनै हो जसले जिते नि ठिकै छ। त्यति फरक होकि कालेको ठाउमा गोरे आउला र डल्लीको ठाउमा उजेली पर्ली। हिजो राणाले देश चलाए, राणाकै हालिमुली, अनि राजाले राजाकै, पछि बहुदल अनि गणतन्त्रवादम उनिहरुकै हालिमुलि। खोइ त निमुखालाई स्थान? के देश भनेको हुनेखानेको मात्रै होत? न्याय खोज्न कोहि पुगि हालेमा उसको बिचल्ली।

हिजोको दिनमा पनि सर्वसाधरण रैतिकै रुपमा रहे आज पनि त्यहि नै हुदै छ। आखिरमा परिवर्तन खोई त? कमसेकम नेता हस्पिटलको क्याविनमा राखि उपचार्गर्छ भने सर्वसाधरणले सिटामोल त पाउनुपर्यो नि, नेता पाड्रो चड्छ भने सर्वसाधरणले सार्वजनिक गाडिको सिटमा वसि यात्रा गर्न पाउनुपर्यो, नेता पाचतारे होटेलमा खान्छ भने सर्वसाधरणले खोले त पाउनुपर्यो नि! हैन र? चित्त दुख्यो लेखिदिए तर तपाईलाई कस्तो लाग्छ कुन्नी। मेरो चित्त दुखेपनि तपाईको चाहि नदुखाउनुहोला।

No comments: