2०७४-०५-१६
जहा अन्न् दाता र शिक्षा दाता वा पेशाको मर्यादा रहदैन
झट्ट हेर्दा लाग्छ नेपाल समुन्नततिर लम्किरहेको छ तर जव केहि मानिसहरु जमघट हुन्छन र परिचय चलिरहेको हुन्छ एक उच्चपदस्थ नेपालको कर्मचारी वा डा वा इण्जिनियर वा प्रहरी तथा सेना सवैको परिचय गराउछ तर आडैमा रहेको आफ्नो अन्नदातालाई भाई हो भन्न सक्दैन अनि विधालय वा विश्वविधालयमा डा नझुण्डाएको शिक्षकलाई भाई वा बहिनि, दाई वा दिदी भनेर परिचय गराउन सक्दैनन भने नेपाली समाझ कहा छ र केको लागि कुदिरहेको छ। किन समाज बुझ्दैन कामलाई इज्जत गर्नुपर्छ भन्ने। सम्सदमा भ्रस्टाचारीहरु पनि चुनावमा प्रतिस्प्रधा गर्न पाउनुपर्छ भन्नु, लोग्ने वा श्रीमती जो भए पनि सरकारले उपल्व्ध गराएको सरकारी सेतो प्लेटको गाडि आफ्नै पेवा सम्झेर दुरुपयोग गर्नु उस्तै हो।
नेपाली समाजले पेशालाई प्राथमिकतामा राख्नुपर्छ भने किन किसानलाई राख्न सक्दैन? किन समाज बुझ्दैन डा बिरामिको लागि हो तर किसान सवैको लागि हो। किसानले काम गदैन, अन्न उब्जाउन छोड्छ भने अन्य तह र तप्काका मानिस के खाएर बाच्छ त? तिनले कमाएको पैसाले किन्ने अनाज, तरकारी र फल पाउदैन भने त्यो धन धन बन्न सक्ला र? त्यसैले सवैको परिचयलाई परिचय दिनसक्ने हैसियत सवैले राख्नै पर्छ। त्यस्तै गरि मन्त्रालयको सचिव आफुलाई सचिवको हैसियतमा पुरयादिने तिनै शिक्षक हुन भन्ने कुरा। शिक्षकसङग नेपालका सचिवको हैसियतमा के छैन र? हो शिक्षकसङग सरकारले उपलव्ध गराएको सेतो प्लेटको गाडि दुरुपयोग गरि आफ्नो व्यक्तिगत प्रयोजनमा उपयोग गरेको हुदैन। सेतो प्लेटको गाडि लिएर कसैको बिहे भोजमा जान पाएको हुदैन तर विचारा सचिव अझै बुझ्दैन कि सेतो प्लेटको गाडिमा सामजिक भोज वा कुनै प्रकारका सम्मेलनमा जादा नेपाली जनता के भन्दैछन भनेर। अहिलेको समाझ केहि बुझ्न सक्ने भैसकेको छ ,भन्दिन्छन लाजपचेकाहरु नेपाली जनताको करको दुरुपयोग गर्नेहरु।केहिदिन अगाडि शनिवारको दिनमा एक सेतोप्लेटधारीको गाडिलाई रोकि चापि खोसेर एक क्रान्तिकारी युवाले प्रहरीलाई बुझाएको। यो त आक्रोसको सङ्केत मात्र हो। बिचार गर्नुहोस बिनाकाममा चालकको भरमा छोरा, श्रीमती वा श्रीमानलाई राखेर उनिहरुको काममा नपठाउनुहोला, फेरि हजुरहरुको अनुहार रुमालले छोप्नुपर्ला।
हामी मानिस बिरामीलाई हस्पिटलसम्म नपुर्याउदा उपचार नपाएर मर्यो भन्छौ तर आफै हस्पिटलसम्म सार्वजनिक वा अन्य कुनै साधनमा उपचारको लागि गएको विरामी मुर्दा भएर फर्केका उदाहरण सायद प्रत्यक घरमा उदारण छन होला। यसले के सिद्द गर्छ कि डा वा आधुनिक आविस्कार जिवनलाई सहजता बनाउनको लागि हो नकि मृत्युलाई रोक्नको लागि। उपचारले मृत्युलाई रोक्दैन तर शरीरमाभएको पिडाबाट मुक्ति दिने हो। यदि मृत्युलाई रोक्नसक्ने भएका भए धनि ब्यक्तिको मृत्यु हुनेथियन, डाक्टरको मृत्यु हुनेथिएन। आज जहा हस्पिटल छ त्यहि आर्यघाटजस्तो बनेको छ, जुन घरमा डाक्टर छ त्यहि उपचार बिहिन रोगिहरु छन। त्यसैले मानिसले गर्ने कर्म। जीवन त प्रत्यक व्यक्तिको निश्चित छ र मृत्यु त्यहि दिनमा निश्चित छ यसलाई कसैले टारेर टार्न सक्दैन।
त्यस्तै गरि निवन्धकार फ्रान्सिस बेकनले महिलालाई बेडवोर्म अर्थात विस्तारका किरा भनेका छन करिव त्यहि हैसियतमा वसेका श्रीमानको कमाइमा रजाई गर्नेहरु त्यो त शिक्षक होनि भन्न पुग्छन? अनि पछि गएर सचिवको छोरा वा छोरी नै आफ्नै स्व इच्छाले शिक्षक बन्न पुगिदिन्छन। अनि आफ्नो सन्तानले अरुको सन्तान झै डा वा इण्जिनियर नबनिदादाको पिडा बल्ल बुझ्नेछन कि सवैको रुचि समान हुदैन भनेर। कसैलाई निसकलङ्कित र भ्रस्टाचारमा सम्मेलित हुनै नपर्ने तर आफुले जानेका कुराहरुहरु बालह्रदयमा सृजित गर्न पाउनु सौभाग्य मानि यसै पेशालाई अङगालेका हुन्छन। फेरि बुझ्दैनन पेशामा सर्वोत्कृस्ट पेशा नि शिक्षण नै हो हिन्दुशास्त्र त्यहि भन्छ। तर पनि यसै पेशा अगालेका आफना भाई वा बहिनि, दाई वा दिदी भनेर परिचय गराउन सक्दैनन यिनि विचाराहरु। । कस्तो बिडम्बना। कहिले लाग्छ घैटामा घाम यस्ता बुझ्रुकको मानसपटलमा।

No comments:
Post a Comment