|
२०७४-०२-२३
श्री सन्माननीय प्रधानमन्त्री शेरबहादुर ज्यू, नेपालको ४० औ र् चौथो पटक प्रधानमन्त्री हुनसफल हुनुभएकोमा बधाई तथा यहाको कार्यकाल सफल रहोस भनि कामना गर्दछु। हिजोको दिनमा यहाको प्रधानमन्त्रीको कार्यकालमा केहि राम्रा र केहि नराम्रा कार्य भएता पनि राम्रा कार्यलाई पुनरावृति गर्दै नराम्रा कार्यलाई त्याग्नको लागि अनुरोध गर्दछु। मेरो बुझाइमा यहाको कार्यकाल नेपालको हित वा अहित जे भए पनि नेपालका समुर्ण राजनैतिक दललाई एकै स्थानमा ल्याइ सन १९९६ मा भारतसङग गरिएको दुइपक्षीय महाकाली सन्धि हो। १९९६ भन्दा अगाडिका दिनमा नेपाली काङ्र्ग्रेसलाई देश बेचुवा दलको आरोप लाग्ने गरेको थियो तर जव महाकाली सन्धिमा सवैले हस्ताक्षर गरेका थिए, त्यस दिनबाट नेपाली काङ्ग्रेसले देश वेचुवा भन्ने शव्द्बाट मुक्ति पाएको छ। राष्ट्रीयता भनेको भुगोल मात्र नभएर त्यसभित्र वसोवास गर्ने मानिसको सामुहिक भावना नै रास्ट्रीयता हो। यहि सामुहिक भावनाको नेतृत्व गर्न सक्नु नै असल नेता हो, जसको पहिचान तपाइले वनाउन सक्नुभएको थियो। चाणक्य नितिले कुनै पनि राजाको आफ्नो व्यक्तिगत घर हुदैन भनेको छ। यसको अर्थ देशको प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीको पनि आफ्नो व्यक्तिगत घर हुदैन। देशका महल देखि झुपडीसम्म सवैमा सहज पहुच हुनुपर्छ र आफ्नो परिवार र क्षेत्र मात्रै भन्न थालेमा उ सत्तामा पुगिहाले पनि उसको शाख घटाइदिने छ जसरी अहिले भुतपुर्व प्रधानमन्त्रीलाई पहिलो चरणको चुनाव सफल गराएकोमा धन्यवादको पात्रहुदाहुदै भरतपुर महानगरपालिकामा मेयर पदमा काठमाण्डौको सभासदमा हारेको व्यक्तिलाई पुन उमेदवार बनाइराख्दा नबिना लामाको शव्दमा महिला हिन्सा भएको देखेकि छन भने अरुको अर्थमा उनि परिवारवादबाट माथि उठ्न नसकेका नेता भएका छन। उनको छोरा र छोरीको कारणले गर्दा उनले गरेको त्याग र वलिदानको धज्जी उडेको छ। यस कुरालाई नेतृत्वले नबुझ्न सक्छ किनकि सत्तामा रहेको नेता कि अन्धो हुन्छ, कि आफन्तको वा उ सधै सुरक्षाको घेराभित्र हुन्छ र वास्तविकताबाट पर रहेको हुन्छ। उसलाई बाटो देखाइदिने काम उसको सुभचिन्तकको हो। नेपाललाई गरीब देख्नु नेतृत्वको कमजोरी हो। नेपाललाई सहि अर्थमा सन्चालन गरेमा यहाको प्रकृति, माटो, धर्म र सन्सकृतिको जगेर्ना गर्दै जाने हो भने समुन्नत नेपाल बन्न सक्नेछ। नेपालको शिक्षालाई व्यवसायिक, आधुनिक, र विश्व बजारमा प्रतिस्प्रधि बनाउन सक्नु पर्छ। यसको लागि नेपालको शिक्षाले देशप्रेमी, अनुशाशित,आत्मनिर्भर र सफल नागरिक उत्पादन गर्नु पर्छ जसको लागि राम्रो अङ्क या अक्षराङ्क ल्याएका विधार्थीको पहिलो रोजाइ शिक्षामा हुनुपर्छ तर नेपालका शिक्षकलाई राजनैतिक दलले मटेङ्राको रुपमा प्रयोग गरेका छन । जसरी पुर्वेली दर्शनले शिक्षालाई ब्रह्मा ग्यान सङग तुलाना गरेको छ र अहिलेको आवश्यकता पनि त्यहि हो। शिक्षकको पारिश्रमिक एउटा एमबिबिएस गरेको डाक्टरको भन्दा बढि बनाइएमा स्वतह नया पिढिका युवा शक्ति यसतर्फ आकर्शित हुनेछन। राम्रो विजनको प्रयोगले फसल पनि राम्रो हुनेछ। यसतर्फ नजर लगाउनको लागि पनि अनुरोध गर्दछु किनकि शिक्षाले नै समाज परिवर्तन गर्ने हो। हतियारबाट भएको परिवर्तनले हिङ्सा नै निम्ताउछ तर दर्शनको परिवर्तनले आएको परिवर्तन चिरस्थायी हुन्छ। आजको दिनसम्म पनि काठमाण्डौका गल्लीमा टोलवासीहरुले फोहोर फाली दुखदिइरहदा फोहोर फाल्नेलाई यति जरिवाना भन्दा पनि फोहोर फालेको देखिन्छ तर त्यहि स्थानमा एउटा ठूलो ढुङगा राखी अबिर, धुप, फुलले सिगारिदिएमा फोहोर फाल्न छोडेको अवस्था एका तर्फ छभने अर्कोतर्फ नेतागणहरु पणि आफ्नो भविश्यलाई सुन्दर पार्नको लागि साधु, सन्त, जोतिस आदिको चरणमा पुगेको अवस्था छ। त्यसैले शिक्षालाई नै सर्वोपरि बनाउन सक्नुपर्छ। नेपालका युवाहरु ठूलो धनराशी खर्चेर पश्चिमा मुलुकमा जानुको सट्टा हाम्रो नेपाल जसलाई ॠषिहरु ले आरध्यभुमि बनाएझै गरी, आधुनिक शिक्षाको केन्द्रविन्दु बनाउनुपर्छ। बरु लाखौ विध्यार्थीलाई बाहिर पठाउनको सट्टा सयौ विग्यहरुलाई नेपालमा रोजगारदिइ विश्व शिक्षाको केन्द्रविन्दु बनाऔ। नेपाललाई हतियारले होइन विचारले परिवर्तन गरौ। नेपाल र नेपालीलाई पराधिनतर्फ उन्मुख बनाउने योजनाहरुलाई खारेज गरि आत्मनिर्भरको बाटोमा उन्मुख योजना अघि सारौ। नेपालको माटो, पानी, र यहाको युवा जनसक्तिलाई यहि राखि उनिहरुलाई स्वावलम्बन, उद्द्योगी र लगनशिल भै उनिहरु साथै देशको मुहार फेर्ने कार्यतर्फ् उन्मुख गराउनु पर्छ। देशमा रहेको नातावाद, कृपावाद, भ्रस्टाचारले हिजोका राणा र राजालाई पनि उछिनेको अवस्था छ यसको अन्त्य गर्नु पर्छु। एक प्रहरी, प्रधानन्यायधिश, अन्य निकाएमा नियुक्ति दिदा हाम्रालाई नभएर राम्रालाई दिदा समाज परिवर्तन हुदो रहेछ जसको लागि कुलमानले स्थान बनाएका छन, गगन थापा, जनार्दन शर्मा, नबिन्द्रराज जोसि अहिले आसाका केन्द्रका रुपमा उदाएका छन। मैले बिपिको बारेमा पढ्दा राजा महेन्द्रले बिपिलाई सोद्धा देशको बारेमा के गर्ने योजना छ यदि समय पाएमा भन्दा बिपिले भनेका थिए र सरकार यदि मैले १० वर्ष नेपालको लागि काम गर्न पाएमा सवै नेपालीलाई मध्यम वर्गिय बनाउन सक्छु भनेका थिए जसको कारणले राजा महेन्द्रले एक सामान्य नागरिकले त्यत्रो सपना पुरा गर्छु भन्छ भने 'म राजा भएर पनि केहि गर्न नसक्ने भन्ने बिचारले' दुइतिहाई बहुमतको सरकारलाई अपदस्थ गरि शक्ति हातमा लिएका थिए भने पुर्व राजा ग्यानेन्द्रले पनि तपाइको नेतृत्वलाई अक्षम भनि अपदस्थ गरि इतिहासमा बेग्लै दाग लागेको छ। कोहि दरवारिया पनि भन्छन कोहि दरवारबाट पिडित। यो सुनौलो अवसरलाई सदुपयोग गरि हिजोको दिनमा लागेको दाग मेटाउने अवसर प्राप्त भएको छ। यसलाई सहि प्रयोग गर्नु होला अन्यथा समय बलवान छ। नेपालका भुपु प्रधानमन्त्रीहरुलाई हेर्दा वा मुल्याङ्कन गर्दा कृष्ण प्रसाद भट्टराईको स्थान लिन सकेका छैनन त्यो भन्दा माथिउठेर काम गर्न थाल्नुहोला। सर्वोच्च अदालतलाई विवादमा तान्ने कार्य प्रजातन्त्रवादीले गर्न हुदैन किन कि अन्तमा जनताको पक्षमा न्याय त्यसैले दिलाउछ। सम्विधानमा वाझिएका बुदाहरु सम्सदबाट नै परिवर्तन गर्नुपर्छ। जस्तै अहिलेको भरतपुरको मुद्दामा जस्को तर्फमा निर्णय गरे पनि सडकमा टायर त बल्छनै। मत च्यात्ने जो कोहि होस उसलाई मानिस मार्दाको अवस्थामा दिइने सजाय वरावरको सजाय हुनुपर्छ । किनकि एक मत पत्र पनि एक व्यक्तिको प्रतिनिधि हो। प्रजातन्त्रवादीको आखा र बुझाइमा त्यो मतपत्र व्यक्ति नै हो। यसको सम्रक्षण गर्नु सरकारको कर्तव्य हो। इतिहासलाई पल्टाउदै गर्दा बिपिले नेपालीको जिवनस्तर १० वर्ष कार्य गर्न पाए सवै नेपालीलाई मध्यममार्गिय परिवार बनाउछु भन्नु भएको थियो र तपाई पनि उहाकै अनुयायी, र त्यही दलको सभापति भएको नाताले नेपाल र नेपालीको भलो हुने कार्य भएको छैन करिव करिव सत्तामा हुने नेता मोटा भएका छन तर तिनै नेतासङगै राजनिति सुरुगर्ने कार्यकर्ता चप्पल पड्काउदै हिडेका छन। करिव तपाइ पनि मन्त्री देखि प्रधानमन्त्री सम्म हुदा १० वर्ष पुग्न लागेको छहोला। आसा छ अहिले को तपाइको कार्यकाल बिपिको जस्तो सोच, कृष्ण प्रसादको जस्तो कार्यकाल, गणेशमानको जस्तो त्याग त्यागले नेपाललाई विभेदिकरणको नवबिकशित रास्ट्रको रुपमा विस्वसमाजले पहिचान गर्नसकोस यहि मेरो पुन शुभकामना। अन्तमा रास्ट्रीयताको सवालमा नेपालले लम्पसारवादमा जानु हुदैन। नेपाल भिमकाय दुई मुलुक चिन र भारतको बिचमा रहेता पनि यी दुवै देशले नेपालको कुभलो गर्दैनन र गर्न पनि सकदैन किन कि यी दुवै देशलाई थाह छ नि सानो कमिलाले पनि हात्तीलाई मारिदिनसक्छ। त्यस्तैगरि ठूला ठूला शिह, बाघ र अन्य हिङ्स्रक जनवार भएको जङ्गलमा पनि स-साना जिवजन्तु जस्तै खरायो र हरिणहरु पनि वाचेका छन। कुनै रास्ट्रले नेपालको विरुद्दमा केहि गर्छ भने नेपालको सरकारको गर्जन महाभारतको युद्दमा वजाइएको सङ्खको भन्दा बेजोडको हुनुपर्छ। चन्द्र कान्त पण्डित पोखरालेखनाथ ३२, कास्की |
Sunday, October 1, 2017
श्री सन्माननीय प्रधानमन्त्री शेरबहादुर ज्यू,
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment