२०७४-०६-१८
सम्झौता जे गरुन्, जसो गरुन तर नेपाल र नेपालीको अस्मिता माथी खेलबाड नगरुन
यदी कोही कसैले नेपाल र नेपाली माथी गिद्दे आखा लगाउछन भने नेपालीहरुले समयमा साइजमा राखिदिनेछन । देशमा राजनैतिक परिवर्तनले देशको आर्थीक परिवर्तन हुदो रहेनछ ।देश बदल्नाको लागि त असल चरित्र भएका नेताहरुले देश हाकेमा देश हाकेमा देशको प्रतीनिधित्व गर्नु पर्दो रहेछ । स्वार्थका पोकाहरुले नेतृव गर्दैगर्दा आफुलाई हिजोका राजाले आफुलाई कानुन भन्दामाथी राखेको दृस्टान्त हामीले देखेका छौ । कहिले सेनापति, कहिले प्रह्री प्रमुख, कहिले प्राधन्न्यधिश, कहिले सुनकान्ड , कहिले अन्य काण्डको विचमा घटेका घटनाले आफ्नै दललाई चित्त नबुझ्ने कार्य गरेको दृस्टान्त हाम्रो सामु जिबित छ ।
मैले एक कार्यक्रममा झालनाथ खनालसँग भनेको थिए नेपालका राजनैतिक दलका नेताहरु ढुलमुलेनितिको कारणा देश अप्ठ्यारोमा परेको छ । नेताज्यू कहिले चिनतिर कहिले भारतिरको धल्काइले नेपाल अप्ठ्यारोमा परेको छ । नेतागणले बुझ्नुपर्छ कि एक विशाल हात्तीलाई सानो कमिलाले, ठूलो सर्पलाई बिच्छीले मार्न सक्छ भने नेपाल यि दुइ देशको विचमा त्यती सानो छैन ।आवाज दरो निकाल्न सक्नुपर्छ, देश झुक्नु पर्दैन । त्यस्तै गरी शान्त वा सहनशिलमा पनि शक्ती हुन्छ भन्ने कुरा गौतम बुद्दले मानिसवाट्, महामानव र महामानवबात देवत्व प्रप्त गर्न सकेका छना भन्दा उहा चुप रहनु भयो सुन्नु भयो सायद मनन पनि गर्नुभयो होला ।
अहिलेको बामगठनको एकता प्रति नेपाली काङ्ग्रेसले पनिइ कटाक्ष नगर्दै गर्दा राम्रो हुनेछ किन कि हिजो चाहे त्यो २०४६ वा २०६२/०६३ को आन्दोलन वा १२ बुदे दिल्ली सम्झौता (मेरो बुझाइमा रास्ट्रघाती यस अर्थमा कि सर्वसाधाराणलाई मार्न र मोर्नको लागी उत्शाही गर्ने तर नेताहरु विदेशी भुमिमा वसेर सम्झौता गर्ने झाट्ट हेर्दा आफ्नै स्वार्थमा केन्दृत देखिएकोले) प्रतक्ष्य नेपाली काङ्र्ग्रेसको अगुआइमा भएको थियो । काङ्ग्रेसी नेतागणहरु अवको चुनावमा आफ्नो मान्छेलाईइ उमेदवार नवनाउनुहोस्, जनाताको छोरोलाई टिकट दिनोस र असल निती तथा जनपक्षिय कार्यक्रम ल्याउनुहोस्, बाम एकताले नेपाल र नेपालीको कल्याण नै हुनेछ ।
एकिकरणको कार्यक्रमलाई सम्बोधन गरेको सुन्दै गर्दा उहाहरु नेपाल बनाउनको लागि, नेपालको सम्वृद्दीको लागी एकता भन्दा खुशी लाज्ञो । एसले सफलता प्राप्ती गरोस र नेपाल र नेपालीको आर्थीक बाटोमा अगि बढोस नेपाली नागरिकले गर्ने कामना यही हो । तर पनि अनलाईन कान्तिपुरमा प्रचण्डका नातिको जन्मदर्ता भएको छैन रे बुहारीको बिहे दर्ता । यदी यो साचो हो भने तुरुन्त त्यो नातीको जन्म दर्ता र बुहारीको बिहे दर्ता गरी घरको सदस्यको मात्र नभएर देशको नेताको बारेमा कटाक्ष गर्नुपर्ने स्थान नराख्न्को लागी अपिल गर्दछु ।
मेरो बुझाइमा विश्व मानव समुदायमका दुश्मन भनेका कुनै भुगोलामा रहेका जात जाती र क्षेत्र होईन तर अशिक्षा र गरीबी हो यसको अन्ते गर्नु नै आजको आवश्यकता हो । के यो सम्भव छ ? किन नहुनु ? कसरी ? यदी यो देशका नेताहरुले चिल्लो गाडिको मोह्, बङ्ग्गला प्रतिको आकर्षण्, सुरक्षा घेराभित्रको जीवन अनि योग्य व्यक्तिलाई न्यायोचित स्थान, अशिक्षितलाई आवशिय निशुल्क शिक्षा, गरीबीलाई उध्योग धन्दामा उचित तलवको साथ रोजगार , भ्रस्टाचार विनाको समाज्, समानाताको समाज ,सुकुमबासीलाई भुमी होईन सरकारी निवास निर्माण गरी दुइ वा तीन कोठाको आवास, अनि उध्योगमा रोजगार उप्लव्ध गर्ने,नेपालामा व्यवहरिका शिक्षा जसले नेपालामा रही नेपालको भलाईमा लाग्न सकोस अनि नेपाली युवालाई सस्तो मजदुरमा बिक्री नगरी स्व्देशमा नै रोजगारको व्यवस्था गरेमा देश एक दशकमा नै मध्यम वर्गिय र दुइ दशकको विचमा समुन्नत नेपाल बन्ने छ ।
No comments:
Post a Comment