जेठ १७, २०७२
नेपालमा बैशाख १२ को महाभुकम्प र २९ गतेको परकम्पनले नेपाली मात्रलाई नभएर नेपालीको शुभचिन्तकलाई पनि कोलाहित पार्यो अनि सम्पुर्ण शैक्षिक क्षेत्र अनि उध्योग, व्यवसाय, पुर्णरुपमा ठप्प पारिदिएको अनि लगभग ९००० मानिसलाई यस धर्तिबाट टपक्क टिपी लगेको छ भने लाखौलाई घरबारबिहिन तुल्याएको छ। माओबादीको द्व्न्दकाललाई नै बिर्साउने गरि आएको महाभुकम्पले जति धेरै विनाश गरेको छ तेति नै रुपमा शिक्षा पनि सिकाएको छ। सडकमा वास भएका र आलसिन महलमा वास वस्नेहरुलाई एउटै खुला आकाश मुनि वास वस्न वाध्य पुरयाको छ। भाइचाराको नातोलाई पनि प्रागढ पारेको छ। जे होस बिनासमा पनि नया सृजना छ भन्ने सन्देश दिएको छ।आज धन्नै १ महिना पछाडि सारिएको शैक्षिक सत्रको पहिलो दिन म पनि मेरा छोरीको साथमा विद्यालय गए अनि सम्पुर्ण शिक्षक साथि अनि विद्यार्थी सकुशल भएकोमा खुशि साटासाट साथै अव भुकम्पदेखि डराउनु भन्दा सहजरुपमा लिइ सतर्कका साथ अघि बढ्नु पर्छ् भन्ने सन्देशका साथ कक्षा सन्चालन गरियो र हाम्रो विद्यालयमा हरियो स्टिकर टासिनुको साथै केहि खराबी नभएकोमा पशुपतिमित्र मावि प्रकृतीदेखि आभारी भएको छ।अव सामुदायिक विद्यालयलाई पहुच नहुनेको सर्बोत्कृस्ट विद्यालयको रुपमा बिकशित गराउनको लागि ठूला भाषण गर्नुको सट्टा सम्पुर्ण सम्वन्धित निकाय न्यायोचित रुपमा लागि पर्नुपर्छ। मैले त सुरु गरिसके अव तपाइको पालो..........
No comments:
Post a Comment