कार्तिक १६, २०७२
बोलाई र गराईको फरक नेपालले विश्वलाई चकित पार्ने राजनैतिक क्रान्ती गरयो, यहाका राजनैतिक दलहरु सोझा, अवोध नागरिकमाथि ठूला र मिठा आश्वाशन बाढ्न सफल भए भने अनि यहाका सत्तासिनहरु सत्ताधारीहरु गुणगान सुन्धै वस्दा के भैरहेको छ भन्ने सुचनाको अभाव साथै अन्धा भए अनि राजनैतिक परिवर्तन सम्भव भयो यो मुलुकमा। के साच्चै नेताले बोलेजस्तो र अग्रज सत्तासिनहरु गद्दार र भ्रस्ट भएरै हामी उदोगतिमा लागेका हौ त? के हिजोका गद्दार र देशद्रोहीहरु भनेर चिनिनेहरु आज् रास्ट्रवादी भएका नै हुन त? तर के कारणले हिजोको दिनमा अरास्ट्रीय, व्यक्तित्व रातारात राष्ट्रीय भयो जसरी रजस्ववला सुत्त्केरी महिला, वा कृयापुत्रीहरु गाइको गहुत छर्के पछि सुद्द भए र छोहिछिटोबाट मुक्ति पाए? एकले आर्कोलाई राची पुर्याउनपर्छ भन्नेहरु राची नपुरयाउदै कसरी सहि सलामत भए? अनि राष्ट्रीयताको लागि साइकल चढ्नुपर्छभन्नेहरु पाड्रो पजेरो चढ्दै छन कि सडकका पेटीहरुमा सर्वसाधरण झै हिड्दैछन। अव बोल्न छोडिदेउ बोलि धेरै भैसक्यो त्यसको कुनै अर्थ छैन। अवगर्ने बेला हो गरेर छल्याङ मार्दै हिजो मारिएकाको आत्माले शान्ति पाउने काम गर, भत्काइएका सम्रचनाहरु तुरुन्त बनाउ, जसरी राचिको कुरोको कुरा बन्द भएको छ, अव सर्वसाधरणको घाउमा मलम लगाउ। मै खाउ, मै लाउ, सुख सयल मै गरु भन्ने भनाईबाट मुक्ति हौ। यहि हो आजको आवश्यकता। यो काठमाण्डौको इतिहासमा इतिहासका पान्नामा सवैले खाना खाएपछि खाना खाने राजा पनि थिए, जनतालाई गाडीले ठोकाउदै मार्ने युवराज पनि थिए तर गणतन्त्र आइसकेको छ,सर्वसाधारण जनताका छोरा वा छोरीहरु सत्तासिन भएको अवस्थामा किन तेरो मेरो भन्ने सुनिन्छ? सत्ताधारीहरु किन सर्वसाधरणको कुरा बुझ्दैनन? साधरण मानिसहरु बाटोमा एक्लै बाटोमा गुड्दा आफ्नो बाइकमा लिफ्ट दिनथालेका छन, रातो प्लेटका गाडिमा पनि मैले लिफ्ट पाएर टेकु देखि रत्नपार्कसम्म छोरीलाई लिएर आएको थिए केहि दिन अगाडि तर सरकारको उपलब्ध गरएको इन्धन प्रयोग गरेर सेतो प्लेट्का गाडि र बाइक कुदछ्न तर तिनले लिफ्टदिएको थाह छैन यद्दपी नेपाल प्रहरीका गाडीले भने आफुले लिफ्ट नपाए पनि अरुले पाएको देखेको छु। त्यसैले विगतको नेतृत्वलाई गाली गलौच गर्नुभन्दा वर्तमानमा आफुलाई सुधार्नु र जनपक्षिय काम गर्नेलाई सवैले जयजयकारनै गर्ने छन तर अरुलाई जे गर्दा नि गल्ति देख्ने आफुले जे गरे नि हुने अन्धो सोचलाई परिवर्तन गर्नु पर्छ।रङ्गिन चस्मा लगाई एक वस्तुलाई हेर्दा पाइने फरक छुट्टाउन सक्ने हुनुपर्छ। समाज परिवर्तनशिल छ र अझै बढि परिवर्तनशिल बनाउने काम देशको नेतृत्व वर्गले दिनुपर्छ। हिजोको राजाको शाषन र वर्तमान गणतन्त्रको शाषन विच सर्वसाधरणले देखिने, भोगिने किसिमको फरक महशुश गर्न पाउनुपर्छ। आरक्षणको नाममा अर्को कोहि निमुखोमाथि अन्याय पर्न हुदैन।यस तर्फ पनि नेतृत्वले रङ्गिन चस्मा लगाएर हेर्नै पर्छ अन्यथा समाजमा विद्रोहले स्थान पाउछ। अहिले तराई जलिरहेको छ, नेपाली पुरा पिडामा छ। यस्तो किसिमको खेलले एक नेपालीले अर्कोलाई पिडा बाहेक केहि दिदैन। यस्तो पिडाको अन्ते गर्नै पर्छ। सङ्घियताको नाममा नेपाली नेपाली विच भेदभाव गर्न पाइदैन। यदि सङ्घियतालाई व्यवास्थपन गर्न सक्दैन भने सधै सडक बन्द, कल कारखाना बन्द, सर्वसाधरणको रोजिरोटी वन्द हुन्छ भने अनि नेपालीले भन्नै पर्ने हुन्छ यो दुइ चार नेताको लहडको सङ्घियता चाहिदैन, परापुर्वकालदेखि मिलेर् वसेको समाज भाड्न पाइदैन भन्दै सडकमा आवाज लिएर उठे भने तिनको जवाफ दिनको लागि नेतृत्व तयार हुनुपर्छ। तराईको आगो निभाउ, घाउमा मलम लगाउ मारिएका परिवारको चित्तबुझाउ, आफ्नो उपलब्धिको पुस्टी गराउ। वर्तमान अवश्थालाई मुल्याङ्कन गदै जादा नेपाल र सवै नेपाली गरीब छैनन तर हाम्रो नेतृत्व प्राय भिखारी देखिएको छ। परनिर्भरतावादी छ , यसबाट उन्मुक्ति चाहिएको छ यहा नेपाल र नेपालीको लागि। बिनास भनेकै पुननिर्माणको लागि हो भने सरकार भनेकै देश र यसका वाशिन्दाको सेवक हो। त्यसैले नेतृत्व वर्गमा सृजित भ्रम् आफुलाई मालिक र जनतालाई दासको रुपमा हेरिने दोशि चस्मा फेर्नै पर्छ र आफुलाई असल सेवकको रुपमा प्रस्तुत गर्नुपर्छ । जुनसुकै युद्दहरु चाहे ति भगवानले लडेका हुन चाहे ति बादशाहले लडेका युद्द किन नहुन तिनले समग्रमा हारको अगाडि जित देखिएता पनि अन्तमा हार नै हो किनकि मानव विवेकशिल प्राणी कसरी हुन सक्छ जसले आफ्नो कुरोलाई ग्रहण गरेन भन्दै मारेर खोल्साखोल्सी या रुखमा झुन्ड्याइ गरिएका हत्यालाई कसैले पनि मानविय कार्य हो भनेर स्विकार गर्न सक्दैन भने जो मारिएका छन तिनको भुतले विभिन्न नाममा जिउदा मानिसहरुलाई तर्साइ राखेको हुनेछ । के हिजोको मधेश आन्दोलनमा आगो लगाई मारिएको उच्च पद्स्थ प्रहरीअधिकृत वा अन्य कोहि वा सामन्य जनताको मरणलाई मैले नै मारेको हु भनि भन्न सक्छ? सक्दैन । अनि जसले नेतृत्व गरेको छ भन्न थाल्छ कि आन्दोलनमा घुशपैठ भएछ भनेर।किन भन्छ त यसो? किनकि उ मार्नको लागि तयार भयो मार्यो पनि तर उसको आत्मा भन्दै छ कि यो उसले गरेको होइन। किनकि उसको आत्माले भन्दै छ यो अ्मानविय काम हो। हिजोको दिनमा विद्रोहि भएर हिडेको माओवादीले के भन्न सक्छ २०औ हजार मानिस चाहे प्रहरी वा माओवादी वा सेनाको नामबाटमारिएका किन नहुन, त्यो हत्या जायज थियो भनेर। सक्दैन किन? किनकि आज उ आफै सामेल भएर सम्विधान लेखेको छ र त्यहि सम्बिधानले उसलाई जेलका चिसा सिढिको वासमा पुर्याउछ। अहिलेको सरकार गठन हुदा जसरी राष्ट्रीयताको वारेमा आवज उठाइयो, त्यसरी नै भन्न सक्नुपर्छ भारत हामीलाई भिख् हैन अधिकार चाहिएको छ। आखामा आखा जुधाएर भन्न सक्नुपर्छ नेपाल भुपरिवेस्ठित राष्ट्रले पाउने पारवहन सुविधा पाउनुपर्छ र नाकावन्दी वन्द गर हाम्रो बाटो छोडिदेउ, अन्यथा हामी हाम्रो अधिकारको लागि विश्व समुदायमा उठाउने छौ, त्यसको वारेमा सोच। यो आट अहिलेको साच्चै जनपक्षिय गणतान्त्रीक सरकार हो भने देखाउनु पर्छ। हिजोका राजा प्रधानमन्त्री वा अन्य कोहिले आफुलाई जनताको सेवकको रुपमा उभ्याइ काम गरेमा भन्ने छन जय गणतन्त्र, जय सङ्घियता नत्र भने भन्ने छन जुन जोगी आए पनि कानै चिरेका। यसको अर्थ अर्थहिन मानिसको गुटवन्दी। त्यसैले भन्नै पर्छ, बोल्नुभन्दा गरेर देखाउ। त्यसैम सवैको कल्याण हुनेछ। -चन्द्र कान्त पण्डित लेखनाथ-१५, कास्की 2-73-08-21 |
DECEMBER 5
No comments:
Post a Comment