Sunday, October 1, 2017

के पि ओलि

साउन ९, २०७३ 

के पि ओलि हारेर पनि जितेको अवस्था राजनितिमा छल, कपड र कोहि पनि सधै दिर्घ सत्रु र मित्र हुदैन भन्ने कुरा आजको नेपालको व्यवस्थापिका सम्सदमा देखिएको समरचानाले देखाइराखेको छ। नेपालमा ठूला राजनैतिक परिवर्तन भए नेताको जिवन शैली बदलिएको छ, तर गाउघरहरु उजाड भएका छन, करिव करिव क्सैको मृत्यु भएमा घाटसम्म पुर्याउने मलामीको खाचो छ्।

धन भएको युवा शक्ति पस्चिम मुलुकमा छन भने धन नभएको जनशक्ति अरवियन खाडी मुलुकमा लैनो भैसिको रुपमा बाल्टीभरी दुध सङ्कलन गरि नेपाललाई पालीराखेको अवस्था छ। के देशमा आएको राजनैतिक परिवर्तन केवल नेताको लागि होकि नेपालीको लागि पनि हो? के द्लका नेताहरुले अरुलाई सामन्ती भन्न मिल्छकि मिल्दैन? आफु सरकारी खर्चमा सुरक्षा फौजको विचमा हिडने , देशको डाडु पन्यौ आफ्नै हातमा लिने अनि अरुलाई सामन्ती भन्दा शब्दको अर्थमा परिवर्तन आएछकि? भाषा विग्यहरुको ध्यान पुगेमा अन्यौल हट्ने थियो।

अव नेपालीहरु राजनैतिक दलका कार्यकर्ता भन्दा पनि भोटर वा समयले माग गरेमा आफै उमेदवार हुने परिस्थिति सृजना गर्नु पर्ने छ। आफ्नो विकल्प दिनसक्ने नेपालीहरु सडक या गल्ली या टोलटोलमा खडा छन भनि जवाफ दिनुपर्ने दिन आएको छ। राजनैतिक दलका नेताहरु अरुको विरोध मात्र गरेर नेता हुने दिनको अन्त्य भएको र योजन बोकेर हिड्ने व्यक्तिलाई समाजमा अगाडि पुर्याउनु आजको अर्को आवश्यकता हो।हिजो आफुसङग सङ्गै हिड्दा रास्ट्रवादि र साथ छोड्दैमा अरास्ट्रवादी भन्ने छेपारी निति पनि सवैले त्याग्नै पर्ने देखिन्छ।

आज जे जस्तो जसरी हल्ला गरे पनि प्रधानमन्त्री ओलिले रास्ट्रपतिलाई आफ्नो राजिनामा बुझाइ सम्सदमा आफ्नो स्पस्टिकरणले सम्सदको अग्रपङ्क्तिमा रहेका विभिन्न नेताह्रुरुको अनुहारमा हारेको, आत्माग्लानी, हसाइमा पनि अप्राकृतिक सम्योजन जस्तो देखिन्थ्यो।सरकार जसले चलाउन त्यसमा नेपाली जनतालाई चासो नहोला तर उनिहरुको वास, कपास, र गासको भने अवस्य हुने छ। हिजो मात्र एकजनासोल्टी होटेलमा धन्यै तिन दशक जति आफ्नो जिवनको उर्वर समय बितायकि दिदी भन्दै हुनुहुन्थ्यो आफ्नो छोरोलाई आफ्नो जागिर पछि त्यहि भर्ति गर्नुपर्दा रु ६००००० (६ लाख) बुझाउन पर्छ भन्दै हुनुहुन्थ्यो।

आफ्नै देशको एक होटेलमा कर्मचारी राख्दा ६ लाख बुझाउनु पर्छ भने विदेशिनेलाई सित्तैमा पठाइण्छ वैदेशिक रोजगारिको लागि भन्नु हात्तीको देखाउने दात मात्रै हो। यता तर्फ पनि अव हेर्नु पर्छहोला। देश वनाउने काम सवैको हो, मरे पछि थुपारेर राखेको सम्पतिले काम गर्दैन तर तपाइ हामीको कामले इतिहासले सम्झने छ। अव नेतागणहरु बोल्न छोडिदिनोस , कामगरेर देखाउनोस त्यसैमा कल्याण हुनेछ।

हिजोको दिनमा कृस्ण प्रसाद भट्टराइले मेलम्चिको पानिले काठमाण्डौ सफागरिदिन्छु भन्दा खिल्लीको पात्र बने पनि अव करिव करिव पानी आउने अवस्था पक्का छ। त्यसैले केहिको बिउ रोपिन्छ भने मात्र त्यो विरुवा , बृक्ष हुदै फल दिन थाल्छ तर कुरोले त मानिसलाई होसगुमेको, अर्थचेतन भएको आदि आदि शब्दावली वर्शन्छन तपाई माथि। त्यसैले यसमा सजग हुने होकि।

भन्नैपर्छ केपि ओलिले अङ्कगडितिय व्यवस्थापिका सम्सदको खेलमा हारे पनि सम्सदमा अग्र पङ्क्तिमा देखिएका वरिस्ठ नेताहरुको अनुहार हेर्दा र विगतको पृस्ठभुमि केलाउदा उनले हारेर पनि जितेकै छन। तिम्रो त्यो प्रजातन्त्र र सम्सदिय खेलमा असल खेलाडिको रुपमा उभ्याउन सफल भएकोमा एक पटक नमन गर्नै पर्छ किनकि तिमिले बजेट मार्फत मेरो बिचारको पनि जग्गाको सवालमा आवाज समेटिदिएका थियो जुन कुरा मैले रामशरण महत अर्थमन्त्री र प्रधानमन्त्री सुशिल कोइराला हुदा बैशाख २४, २०७२मा फेसबुक स्टेटसमा राखेको थिए।

No comments: