Sunday, October 1, 2017

सुशिला कार्की, महाअभियोग

२०७४-०२-१३

सुशिला कार्की विरुद्दमा महाअभियोग नेपाली जनतालाई थाह नै नदिइ लगाइएको गल्ति महशुस नेपाली काङ्ग्रेस र एमाओवादिले गरी महाअभियोग फिर्ता गरेकोमा म नेपाली नागरिकको हैसियतले स्वागत गर्दछु र आउदा दिनमा महाअभियोग लगाउदा कम्तिमा नेपालीहरुले थाह पाउनुपर्छ। एक जना प्रह्ररीको खेलमा लागेर अदालतलाई खेलौनाको रुपमा नलिनको लागि पनि नेपाली सभासदहरुलाई अनुरोध गर्दछु। मेरो क्षेत्रको सभसदले हस्त्याक्षर गर्दा कम्तिमा मैले व्यक्तिगत रुपमा नभएपनि सन्चारको माध्यमबाट थाहपाउनुपर्छ किनकि मेरो प्रतिनिधिको ह्स्ताक्षर हुनु भनेको मेरो पनि हो।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तिन अभिन्न तर आफैमा स्वतन्त्र पनि छन र हुनुपर्छ। व्यक्तिलाई आफुलाई चित्तनवुझेको अवस्थामा न्यायलयमा जान पाउने व्यक्तिगत रुपमा नेपालको सम्विधानले अधिकार प्रदान गर्ने तर त्यहि कानुनानुसार न्यायलयले व्याख्या गर्दा महाअभियोग लगाइन्छ भने ती हस्ताक्षर गर्ने सभासदको विरुद्दमा पनि उसका मतदाताले हटाउन पाउने कि नपाउने। यसतर्फ पनि सम्बन्धितहरुले समयमा नै बुज्नुपर्छ। सम्विधान सवै नागरिकको लागि हुनुपर्छ नकि नेता र हुनेलाई चैन र नहुनेलाई जेल हुनुहुदैन। सन्चारमा आएको समाचार सहि थियो भने नेताका भ्रस्टचारसग जोडिएका फाइलमा अदालतले पल्टाउदै रहेको र उनिहरुमाथि सर्वोच्च अदालतले नेपाल सरकारमा रहेका व्यक्तिहरुले गरेका कर्तुत खुल्दै थिय भन्ने सन्देश नेपालका टिभि मार्फत कानुन व्यवसासयिहरुले खुलास गरेको अवस्था थियो। जसको कारणले नेपाली काङ्र्ग्रेस, एमाओवादीले स्थानिय चुनावमा पराजय सहनु पर्यो।

त्यस्तै गरि केन्द्रमा रहेका नेतालाई सधै एकै चिन्हमा छाप लगाईरहेका तर नेताको व्यक्तिगत स्वार्थ पुरा गर्न आफ्नो दललाई बन्दक बनाएको आउदो दोस्रो तहको चुनावमा यस्तो अप्राकृतिक गठबन्दन नगर्नुहुन सम्पुर्ण नेपालका राजनैतिक दललाई अनुरोध गर्दछु। केन्द्रमा वसेर गरेको चुनावी तालमेललाई मतदाताले स्वीकार गरेका छैनन। मेरो मतदाता नामावली भएको स्थान पोखरालेखनाथ ३२ हो जसमा एमाओवादीले काङ्र्ग्रेसको प्रमुखलाई सगाउने भन्ने भएता पनि एमाओवादीले नेपाली काङ्ग्रेसलाई मत राखेको देखिएको छैन। नेकाको प्रमुखले वडा न ३२ बाट १८५०, उपप्रमुखले १८१७ र वडाध्यक्षले १७६९ मत पाएको देखिएको छ जहा एमाओवादीले वडाध्यक्षमा ६५३ मत प्राप्त गरेको छ। यदि नेताले गरेको सम्झौता लागु भएको भए नेपाली काङ्र्ग्रेसको नगर प्रमुखले २४२२ मत पाउनुपर्ने थियो।

त्यसैले यस तथ्याङ्कले के प्रमाणित गर्छ कि अव नेताको सुसेलिको भरमा आफ्नो स्वाभिमानलाई लत्ताई नेताको आवाजलाई स्वीकार गर्न सक्दैनन। यदि नेतृत्वले समयमा आफ्नो व्यक्तिगत स्वार्थको लागि दललाई बन्दक राख्न खोज्छन भने उनिहरुको विकल्प खोज्न जुनसुकै दलमा पनि बिपिले भनेझै सुकिला मुकिला नेताको विरुद्दमा असल कार्यकर्ताहरु एकजुट भै तिनको स्थान देखाइदिनेछन। त्यो दिनको पर्खाइमा नवस्नको लागि सम्पुर्ण दलका सिर्सस्थ नेतागणहरुलाई एक नागरिकको हैसियतले अनुरोध गर्दछु। त्यस्तै गरि चुनावमा दलले टिकटदिदा पनि दलका सिर्सस्थ नेताको चिनजानमा भएका कार्यकर्तालाई भन्दा दलमा लगाव भएका समाजप्रेमी व्यक्तिलाई उमेदवार वनाउनको लागि पनि अनुरोध गर्दछु।

अहिलेको स्थानिय चुनावको नतिजाले पनि नया अनुहार खोजिरहेको देख्खिएको छ। यसमा पनि ध्यान पुर्याउने हुन अनुरोध गर्दछु। चुनावमा जुन दलले जित्दा पनि आखिरमा त्यहि समाजको विकास र त्यहि स्थानका व्यक्तिको सम्वृद्दीको लागि काम गर्ने हो। हिजोको दिन एमाओवादी नेपाली काङ्ग्रेसलाई वर्ग सत्रु मान्दै पढाउदै गरेका शिक्षकलाई रुखमा झुन्डाइ मृत्यु सजाय दिए पनि आज त्यहि दललाई देशको प्रमुख वनाउन नेपाली काङ्ग्रेसले सगाएको तितो सत्य यहि छ। यसले के पुस्टि गर्छ कि एक दलले अर्को दललाई वर्ग शत्रु देख्नु मुर्खता वाहेक केहि रहेनछ किन कि हिजो अरुलाई सामन्ती देख्नेहरु, आज समाज उनै माथि औला ठडाइराखेको छ।

मरेर जानेहरु जे सुकै वाहनामा मारिय पनि आज मार्न र मार्न लगाउनेहरुलाई पद, र मान पाए पनि मिठोनिद्रा चाहि पाएका छैनन किनकि वाचेका नेताहरु वेलावेलामा वरवराइरहेको सन्चारमा सुनिन्छ अनि हिजोको दिनमा महान नेता भनिएको व्यक्ति रातारात उ उसको नेतालाई सवैभन्दा ठूलो भ्रस्टाचारी भनिरहेको सुन्दा अचम्म नमान्नु पर्ने भएको छ। त्यसैले अवका दिनमा नेपाल र नेपालीको भलाईमा लाग्नको लागि र अप्राकृतिक चुनावी तालमेल नगर्नको लागि पुन अनुरोध गर्छु।

चन्द्र कान्त पण्डित
पोखरालेखनाथ ३२, कास्की

No comments: