Sunday, October 1, 2017

नेपालको सङ्घियता नै धरापमा

मङ्सिर ३, २०७२
नेपालको सङ्घियता नै धरापमा

नेपालका राजनैतिक दलको अदुरदर्शिता अनि सम्बिधान सुझावमा जनताद्वारा दिइएका सुझावलाई वेवास्था साथै नेतृत्ववर्गले आफुलाई सर्वेसर्वा ठान्दा आज नेपाल यस विकराल अवस्थामा गुजृरेहेको छ। मधेशवादी नेताले आफुलाई नेपाली हु भन्ने लाग्छभने सर्वसाधरण जनतालाई दुखदिने काम अ्मानविय साथै गैर नेपालीले गर्ने काम हो भनि बुझ्नु पर्ने भएको छ। हिजो नेपालीहरुसङ्ग अङ्ग्रेजहरुले युद्द् गर्दा पानीको मुहान काटेर अ्मानविय युद्द लडेका थिए र स्वाभिमानी युद्द् लडि नेपालको गौरव राखेका थिए भने वर्तमान क्षणमा मधेशका केहि नेतृत्ववर्गले व्यक्तिगत स्वार्थको लागि पुरा नेपाललाई बन्दक बनाइने काम अक्षम्य देखिन्छ। दिनदिनै नेपालीहरु भोकभोकै वा औषधि उपचार गर्न नपाएर मृत्यु हुदै छ भने अव नेपाल सरकार र अन्य राजनैतिक दल मिलेर सङ्घियतालाई नै खारेजी गरी बिकेन्द्रीकरणको बाटो अबलम्वन गरेमा उत्तम विकल्प मानिने छ।

आज मधेशका माग सम्बोधन गरेर रेखाङ्कनमा सहमति गर्छ भने भोली राउटे, राई, खस, दलित, मगर, गुरुङ आदिले छुट्टै प्रदेश मागेमा नेपालले दिन सक्दैन। यसमा सजग हुनु आजको आवश्यकता हो। अव नेपाल सरकारमा रहेका दल र सरकारभन्दा वाहिरको दल नेपाली काङ्ग्रेस लगायत अन्य दलहरुले मधेशका भारतसङगका सिमावर्ती क्षेत्रमा त्यहाका नेपालीहरुको विचमा पुगि सदभाव र्याली गराई वर्तमान समस्याको यथार्थलाई बुझाउनु पर्छ।अव नेतृत्वले उखानतुक्का र झुटो आस्वासनलाई त्यागी सत्यतामा जिउने वानी वसाल्नु नै आजको माग हो।
नेताहरुका गाडि कुदेका देखिन्छन, चुलोमा आगो बलेको छ तर निमुखा जनतालाई दाउराको नाममा मुढा अशहज रुपमा नागरिकता देखाई दिलाउने प्रकृया सुरु गर्नु पनि विवेकसुन्य देखिन्छ। सहरमा १ कोठा भाडामा दुई तिनजना एकै कोठामा वसेर जिवन गुजरा गर्नेहरुको व्यथा झन दर्दनाक देखिन्छ।यदि नेतृत्ववर्गले यहाको समस्या गरीबी र अशिक्षा हो भन्ने सोचेको भए आज नेपालीले दुख पाउनेथिएनन। सर्वसाधरणलाई राजा ग्यानेद्र, प्रचण्ड, बाबुराम, माधव नेपाल, झलनाथ खनाल, सुशिल कोइराला, देउवा र वोलीको सरकारको विचमा भिन्नता देखाउन सक्नुपर्नेथियो ,खोइ त कहा छ त्यो भिन्नता?

हिजो राजालाई सामान्ती देख्नेहरुले आज आफु सत्तामा हुदा समानतावादी, उदार र जनपृय भएको भए देशको सङ्कटको क्षणमा नेपालमा सरकार छ र यसले निकास दिन्छ भनेर सर्वसाधरणले महसुश गर्नुपर्णे अवस्था हुनुपर्नेथियो। तर सरकारका कामकारवाही कुनै सामन्तवादी चरित्रभन्दा माथि उठेर काम गर्न सकेका छैन। पेट्रोलको लाइनमा वस पेट्रोल दिन्छु भन्छ तर आधा रातसम्म सवै कुरा त्यागेर लाइनमा वस्दा पेट्रोल दिदैन भने यसलाई के भन्ने?सेतो प्लेटका मोटर साइकललाई अनि साना गाडीको लागि इन्धन उपलव्ध गराउनको साटो ठूला गाडिमा इन्धन राखि सरकारका सचिव, कर्मचारी सवैलाई बोक्नमिल्ने गरि प्रवन्ध मिलाएमा भन्ने छ नेपाली जनता अहिलेको सरकार जनप्रेमी छ नकि सामान्ती भनेर। त्यसैले बोलेर भन्दा गरेर् देखाउने बेला आएको छ। जसरी सरकार गठनको बेलामा राष्ट्रवादी भनेर आफुलाई उभ्याई सत्ता समिकरण गरेको थियो तर सरकार गठन लगत्तै जताततै ब्यङ्य सुन्न पर्यो, ' शिह्दरवारको वरिपरि नजानु नि फेरि ओलीले उप -प्रधानमन्त्री बनाइदेलान"। कस्तो बिडम्बना? नेपाल र नेपालीको लागि भएको भए यति लाचारिकासाथ सत्तामा बस्नुपर्दैनथियो होला र सरकार गठन पनि।

नेपाल अधिराज्यको सम्बिधान २०७२ मा मन्त्रीपरिषद गठन गर्दा प्रधानमन्त्री लगायत २५ सदसिय मन्त्रीपरिषद गठन गरिने छ। यतातिर पनि ध्यान दिने होकि? हिजोको दिनमा नेपालीको घर दैलोमा पुग्दा यो देशको समस्या भनेको अशिक्षा र गरीबी हो र यसको उन्मुलनको लागि हामासङग यस्ता योजना छन भनेर भन्न सक्नुपर्थ्यो र सरकारमा पुगेपछि ति कार्यन्वयन गर्नु पर्थ्यो। तर नेपाली नेताहरुको चस्मा नै दोशि छ। उनिहरुको दोशि चस्मा नत्यागेसम्म यस देशमा राजनैतिक परिवर्तन जति सहजका साथ हुने गरेको छ तर सामाजिक परिवर्तन उदोगतितिर उन्मुख छ। आज मैले भोगेको मेरो जिवन ठिक ३० वर्ष पछाडि २०४०-४२ को जस्तै छ।

नेतृत्वमा रहेका दलहरु अव आफुलाई जनपृय बनाउदै नेपाल र नेपालीलाई सम्वृदीमा लैजाने नक्सा कोर्नोस हैन भने बिचमा कोहि कसैले जनतामा परिक्षण नभएका मानिसहरुले योजना सहित आएमा अहिलेको नेतृत्वलाई चैतको हुरिले झै उडाइदिने छ। यसमा सजग हुनु आजको दलका अपरिहार्यता हो अन्यथा पछुताउने बाटो बाहेक उनिहरुको साथमा केहि रहने छैन।

चन्द्र कान्त पण्डित
लेख्नाथ्-१५, कास्की

No comments: