२०७४-०३-२५
आज गुरु पुर्णिमाको उपलक्षमा कहि विधार्थी र कहि शिक्षक भै गरिएको रचना।
मलाई चेला बन्नुछैन, गुरु द्रोडाचार्य तिमिको
छलकपटको शिक्षा होइन, देउ शिक्षा सवलको।
एकलव्वेले गुरु माने, गरे तपस्या तिनको
बदलामा द्रोडले, किन लिए बुढि औला यिनको।।
चेला बन्नु छ मलाई, पाए अवसर व्यासको
जसले दियो चारै वेद, अठार पुराण , अनि भागवत गिताको।
सर्वश्रेस्ठ गुरुबनिरहे, रचि यिनै ग्रन्थको
उत्तरायण नक्षत्रपूर्णिमामा, जन्म भयो यिनको।।
दिए दर्शन आफ्ना शिष्यलाई , यसै दिन यिनले
थाले जगतले गुरु पुर्णिमा मनाउन, सम्झना गरि दिनाले।
गौतम वुद्ध पछि आए, ग्यान प्राप्त गरिकन
धर्मचक्र प्रवर्तन गरे सुरु, यसैलाई एकिन गरिकन।।
पश्चिमा मुलुकमा आए, सोक्रेटस, प्लेटो, अरस्तु पनि
आदर्श शिक्षक वनिरहे, शिक्षार्थीको मानस पटलमा स्थिर बनि।
शुक्राचार्यको चेला होइन, बृहस्पतिको बन्न पाउ
सारा सन्सारलाई, एउटै मालामा गाभ्न पाउ।।
यहि रह्यो मेरो पुकार , शिस्य बनि गुरुको
मिठो वचन बोल्न सक, भावना राख भातृत्वको।
सौहादर्तामा हिड्न सिक, मन्द मुस्कान सहितको
दिन सके सधै यहि, रहयो कामन मेरो शिक्षार्थीको।।

No comments:
Post a Comment