Sunday, October 1, 2017

आज जे छ'..........

२०७४-०२-२२
आज जे छ तपाइको हातमा भोली त्यो तपाइको हातमा नहुन सक्छ। आज तपाइको हातमा रहेको पद र मान र सान सवै अरुको हातमा हुन सक्छ तर त्यसमा पनि खुशि नै हुनुहोला किन कि कुनै वेला मन्त्रीकै कारणले बेकम्मा भएका कुलमानले तपाइको घरको पनि वत्ती बालिदिन सकेका छन । यसमा तपाइको पनि कल्याण भएको छ, हैन र?

त्यस्तै गरि तपाइको साथमा रहेको पैसा हराइरहदा पनि चित्त नदुखाउनुहोला किन कि त्यो पैसा तपाइको भन्दा पनि बढि आवष्यक भएको मानिसले चलाइरहेको हुनसक्छ। खुशि यस अर्थमा रहुनुहोसकि तपाई जिउदै हुनुहुन्छ र जिवनलाई नया तरिकाले भोग्दै हुनुहुन्छ। तपाइको कार्य त कर्म नै गर्ने हो कर्म गदै जानुहोला। फल दिने त कोहि कतै तपाइको मुल्याङ्कन गदै छन र त्यी सवैभन्दा माथि उठेर मानवताको कल्याणको लागि रेखाङ्कन गर्दै छन।

हिजोको गर्जाइ आज साझ फर्केको वहरे गोरुको जस्तै भएको छ किनकि हिजोको गर्जाइमा अहङ्कार थियो, उत्तेजनाथियो, काल्पनिक सन्सार थियो, सपनाको महल थियो तर के गर्नु कार्य त गर्नै पर्छ। बिनास गर्न जति सजिलो छ नि बिनासको लागि केहि क्षण नै काफि छ। एउटा जङगल हुर्काउन सयौ वर्ष लाग्छ तर बिनासको लागि एक काटी काफि छ।

भरतपुरको मतगणना सलाइको काटी नबनोस जसले सयौ वर्ष पर्खेर सम्विधानसभाबाट ल्याइएको सम्विधान प्रचण्डको परिवारवाद वा पुत्री मोह , देउवाको प्रधानमन्त्री, ओलीका उखान तुक्का तुक्काकै रुपमा रहेर नेपाल नविगृयोस। भरतपुरमा देवीले हार्दा नि केहि हुदैन र रेणुले हार्दा पनि र् जसले जिते पनि केहि फरक् पर्ने छैन किनकि त्यहाको भुगोल त्यहि छ र साधनश्रोत पनि। जसले गरे पनि त्यहिको विकास हो। हातेमालो गरेमा केहि फरक पर्दैन। तर नेपालेको सम्विधानले हार्न हुदैन, नेपालीले हार्न हुदैन्।

चन्द्र कान्त पण्डित
पोखरा लेखनाथ ३२ कास्की

No comments: