२०७४-०५-२१
के तपाई शिक्षक पेशा अगालेकोमा दुखी हुनुहुन्छ?
के तपाई शिक्षक पेशा अगालेकोमा दुखी हुनुहुन्छ?
तपाईंको वारेमा भन्न नसके पनि म आफु त खुशी नै छु किनकी मेरो आत्माले रोजेको पेशा, पेशामा सर्वित्क्रिस्ट पेशा। किन पछुतो मान्नु छ र यहाँ? हो यस पेशामा नेपाल सरकारले पनि उच्चतम मुल्याङ्कन गर्न सकेको छैन भने स्वयम शिक्षक पनि अली आँफै अविस्वासी बनेको छ। यस पेशामा कार्यरत शिक्षाकलाई कसैले औंला ठड्यौन सक्दैन यदी उ मर्यादित छ भने यदी उसले आफ्नो क्रतव्य बोध गर्छ, विधालयमा ठीक समयमा पुगी आफ्नो क्रतव्यको पालना गर्छ भने। उसले सगै पढेको एउटै योग्यताको साथी सचिव भएको देख्दा र उ सेतो प्लेटको गाडीमा हुइकिदै गर्दा आफु सार्वजनिक गाडीमा आफ्नो गन्तव्यमा पुग्दै गर्दा पनि उसले यसैलाई स्व्र्गिय आनन्द मान्नु पर्छ किनकी तपाईं आफ्नो गन्तव्यमा पुग्दै गर्दा तपाईं माथि कसैले औंला ठडाउदैन।
मानिसको जीवनको भोगाइको स्वाद सम्पन्न्तामा भन्दा अभावमा बुझ्न सक्छ र विस्वमा अभाभको जिन्दगी जिउनेहारुले नै आफ्नो ईतिहास रच्न सकेका छन। भौतिक सम्पन्नताले मानिसलाई अहङ्कारतिर धेकेल्छ भने मानसिक सम्पन्नताले मनमा शान्ती समाजमा सामाजिक बनाउदै एक असल पात्रको रुपमा आफुलाई पारीचित गराउन सक्छ। त्यसैले आजको आवश्यकता बौदिक सम्पन्न्ताको साथसाथै भौतिक सम्पन्न्तामा देशलाई र प्रत्यक नागरिकलाई उत्प्रेरित गरी अगाडि बढाउने शिक्षा चहिएको छ जसको पुर्ती एक असल शिक्षकबाट मात्र सम्भव छ।
No comments:
Post a Comment