Sunday, October 1, 2017

कालो धन सन्ततिको लागि अभिशाप

जेठ २२, २०७२ 

कालो धन सन्ततिको लागि अभिशाप

नेपालको विषयलाई लिएर विदेशीको यस्तो चाहना छ भनेर आफुलाई अरास्ट्रीय रुपमा आफुलाई उभ्याउन खोज्ने जो कोहि हुन ती देशद्रोही पनि हुन र रास्ट्रबादी पनि हुन सक्दैनन।त्यसैले अव भन्नै पर्छ अरास्ट्रीय तत्वदेखि सावधान।अहिले वजारमा रास्ट्रीय सरकारको कुरो बेजोडका साथ अगाडि बड्दै गर्दा भन्नु पर्छकि पर्दैन अरास्ट्रीयहरुले सरकार सन्चालन गरेका रहेछन भनेर? कसरी एमाले आजको सरकारलाई छोडेर भोलि रास्ट्रीय बन्न सक्छ? अनि तेती ठूलो धनराशि खर्च गरेर बनाएको सम्बिधानसभा अनि सभासदको के अर्थ? अहिले यी र यस्तै आवाज उठाउने हो भने त हिजोको खिलराज रेग्मीको सरकारलाई नै सत्ता चलाउ भनेको भए चुनावमा भएको खर्चले त अहिलेको बिनाशको निर्माणको लागि चाहिने सम्पूर्ण खर्च पुग्ने थियो।

राजनैतिक दलमा विश्वास, योजना, रास्ट्रबादी सोच, समानता, सहिस्णुता, नातावाद र कृपावादबाट टाढा, समग्रलाई हाम्रो भन्ने भावाना आजको आवश्यकता हो। यदि दलहरुले नेताहरुको पनि शैक्षिक योग्यता तोक्न सकेको भए न अहिले सुशिल दा, प्रधानमन्त्री हुनेथिय , न बामदेव गृह नै अनि ओली पनि नया सरकार बनाउन पर्छभनेर सडकमा कुर्लने अवस्था हुने थिएन। एक अधिकृत हुनको लागि कम्तिमा स्नातक पास हुन पर्ने तर देशको नेतृत्वो गर्ने व्यक्ति औठा छाप हुने प्रवृतीले पनि देश पछि परेको छ। एउटा सामान्य कर्मचारी भन्दा कम योग्यता भएको ब्यक्तिले कसरी आदेश दिने? घरमा वालवच्चालाई राम्रोसङग पढ भन्दा बाबा , आमा हाम्रो देशको प्रधानमन्त्री, गृहमन्त्रीले कति पढ्नु भएको छ भनेर् सोध्दा जवाफ के दिने? मानसिक रुपमा जव वच्चाहरु यसरी प्रश्न गर्न सुरुगर्छन भने भोलिको लागि उनिहरुको क्षेत्र राजनितीहुनेछ। ती वच्चाहरु जसले यस्ता कुरा गर्छन उनिहरुको चित्त बुझाउने गरि नेताहरुले पनि सम्बोधन गर्नु पर्ने देखिन्छ।

देशको सम्माननिय पदमा रहनको लागि कम्तिमा स्नातोक्तर, माननिय अनि गाबिस, नगर प्रमुख वा उपप्रमुख हुनको लागि कम्तिमा स्नातक उतिर्ण हुनुपर्ने भनि सम्बिदानमा लेख्नुपर्छ।जनतालाई एक गास नदिने तर नेताको उपचारमा करोडौ खर्च गने प्रवृदीको पनि अन्ते गर्नु पर्छ कि भने सरकारले, शिक्षा तथा स्वास्थ्य सबैको लागि निशुल्क गर्न सक्नुपर्छ। अहिलेको रास्ट्रीय सरकारको कुरो भनेको बेमौसमको बाजा जस्तै हो। किनकि नया सरकार बने पनि नेतृत्व कस्ले गर्ने? हिजोको दिनमा असफल भएका नेताहरु नै लाइनमा देखिन्छ।कि कतै कसैलाई देशलाई नै लिजमा दिने षणयन्त्रत हैन? हैनभने सामुहिक रुपमा वसेर योजना बनाएर, देशलाई निकाश, गाउलाई बिकाशको खाका कोर्दै मेडियामा आएको समाचारहरु सत्यहुनभने नेताहरुले बिदेशी बैकमा थुपारीराखेको कालोधन देश निर्माणमा प्रयोग गरेमा माफी दिनेछन अनि मृत्युपछिको यात्रामा विश्वास छभने पनि स्वर्ग तथा मुक्तिको लागि पनि बाटो खुल्ने छ।

याद गर्नुहोस तपाइले थुपारेको कालो धनले भोलिको दिनमा तपाइको सन्तानमा पनि पारसकै जस्तो हविगत हुनसक्छ। अहिले दुई पारस नेपाल तथा अन्तरास्ट्रीय जगतमा प्रख्यात भएका छन। खेलाडी पारस नेपालीको धड्कन बन्नपुगेका छन भने अर्का पुर्वराजकुमार आफ्नै घरको बोझ अनि देशको अस्मिता मेट्ने भएका छन। त्यसैले विगतमा गरेका गल्तिहरुलाई सच्चाउदै सुन्दर नेपालको नक्सा कोर्ने काम वर्तमान दलको नै हो। यदि आफुलाई सवेसर्भा ठान्ने तर देशको लागि कान नगर्ने होभने भोलिका दिनमा के हुन्छ वर्तमान नै पुर्व राजाले भोगिराखेको अवस्था हाम्रो सामु छ भने त्यस्तै गर्दा बिदेशी मुलुकमा देखिएको नेतृत्व परिवर्तनले पनि देखाउछ। अहिले भुकम्पले जसरी एकै ठाउमा ल्याएको छ त्यसरी नै देशलाई निकाश दिने काममा लागेमा नेपाली जनताले उच्च मुल्याङ्कन गर्ने छन। आजका दिनमा आएर हिजाको दिनमा शाषण गर्ने राणाहरुलाई पनि सम्झिएको अवस्था छ।

त्याग गर्नसक्ने नेतृत्वलाई मात्र मानिसले सम्झने गर्छन। अझै पनि दिपावलिको समयमा गाइन्छ "हामी तेसै आएनौ, बलि राजाले पठाए" अनि गौतम बुद्ध जसले गद्दी नत्यागेको भए उनि आज देवताको रुपमा पुजिने थिएनन त्यस्तै रामले पनि सौतने आमाको कुरा नमाइदिएको भए न भातृत्व प्रेम नै रहने थियो न त रामराज्य नै। भत्काउन सजिलो छ तर निर्माण तथा सृजना गर्न गार्हो छ। जो कसैले पनि कसैलाई मारिदिनसक्छ तर के त्यो मारेकोलाई वचाउन उ सक्छ त? सक्दैन तर मरेर जानेले जित्न सक्छ तर जो मार्नेवाला छ नि उ जितेर पनि दिनदिनै हारेको छ। त्यसैले अहिले बाबुराम र प्रचण्ड बारम्बार हेगको नाम उच्चारण गर्नु हुन्छ किन कि अहिले ती मारिएका ब्यक्तिको आत्माले सताइराखेको छ।ती भावविभोर हुने प्रचण्ड र बाबुराम हिजो घरबाट टपक्क टिपेर लगि हत्या गर्न लगाइदिदा भावविभोर किन नहुनुभएकोहोला? मार्नेले बुझ्नै पर्छ उ कहिल्यै पनि विजयी वन्न सक्दैन। जिवनका प्रत्यक क्षणमा उ हारिरहेको हुन्छ। आज बाबुराम र प्रचण्डले साच्चै जितेको भए र उनिहरुले देखाएको सपना साचो थियो भने साच्चै प्रचण्ड र बाबुराम झै प्रत्यक नेपालीले आलसिन जिवन जिउने थियो। यो केवल सत्तामा पुग्नको लागि गरिएको नाटक मन्चन मात्र थियो। त्यसैले प्रचण्ड आफुमाथि खतरा छ भन्नुहुन्छ तर हिजो आफुले दिएको त्रासको भने याद गर्नुहुदैन। यदि तपाइहरु साच्चैको नेता हो भने तपाइको अघि पछि लाग्ने सुरक्षा फौजलाई व्यारेकमा नै पठाउदा राम्रो किनकि इतिहास तपाइहरुले नै देख्नु भएको छ स्व। राजा बिरेन्द्रको परिवार। अनि सुरक्षा सवै नागरिकको हुनुपर्छ् र नेता र जनता बिचको खाडलको पनि अन्त्य गर्नु पर्ने आजको आवश्यकता हो।

No comments: