Sunday, October 1, 2017

श्रीसस्थ नेपाली काङ्ग्रेसका नेतागणहरु,

२०७४-०२-२६ 
श्रीसस्थ नेपाली काङ्ग्रेसका नेतागणहरु, 

नेपाली काङ्ग्रेस भनेको कुनै एक व्यक्तिविशेषको पेवा होइन किनकि आन्दोलन कार्यकर्ता गर्दिन्छन नेता मन्त्री र प्रधानमन्त्री बन्छन। अहिले सरकार गठनको समयमा देखिएको असहजतलाई अन्ते गर्नको लागि नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको वैठक वस्नोस। यो देउवाको मन्त्री, त्यो रामचन्द्रको अनि अर्को खुमबहादुरको अनि सिटौलाको मन्त्री नवनाउनुहोला। मन्त्री वनाउदा रुखलाई प्राण ठान्ने, चारताराको विश्लेशण गर्न सक्ने, नेपाल र नेपालीको भावनासङ परिचित व्यक्तिलाई मात्र मन्त्री बनाउनुहोला। केन्द्रीय समितिको बैठकबाट पारित सभासदलाई मन्त्री बनाउनुहोस। गुट र उपगुटको अन्ते गर्नोस। अवका दिनमा कुनै पनि व्यक्तिलाई दुईपटक भन्दा बढि कुनै पनि स्थानमा नदिनुहोला। अहिलेसम्म नेपालमा प्रजातन्त्रको पुनरवहाली र गणतन्त्रको घोषणा पछि प्राय नेपाली काङ्ग्रेस सरकारमा पुगेको छ तर मन्त्री र प्रधानमन्त्री हुनेवेला तिनै पुराना अनुहारहरु पठाइ अप्रजातान्तृक रवैया देखाएको छ। यसको क्रमभङग गर्नु आजको आवश्यकता हो।

नेपाली काङ्ग्रेसले आफना सवै कार्यकर्ता जो पदमा वसि समाजको सेवा गर्न चाहन्छन उनिहरुलाई चाहे दलगत पद होस वा सरकारी निकाय वडासदस्य देखि प्रधानमन्त्री हुनको लागि दुइपटक भन्दा बढि एकै पदमा नरहने व्यवस्था गर्नुहोला। किनकि यसमा इच्छुक सवै कार्यकर्ताले स्थान पाउनुपर्छ। यतातर्फ सोच्नुहोला र कार्यन्वयन पनि गर्नुहोला। भुपु प्रधानमन्त्री र मन्त्रीलाई मात्र सुरक्षा नदिएर समाजको सुरक्षाको लागि एक मन्त्रीलाई दिएको गाडिले पुरै समाजको सुरक्षा गर्न सकिन्छ। यतातर्फ ध्यानदिनुहोला। नेताको सुरक्षा जनताले गर्न सक्छन तर सेना र प्रहरीले गर्न स्क्दैन भन्ने कुरा राजा बिरेन्द्रको परिवारको वन्शबिनासको घटनाले प्रमाणित गरेको छ।

फरक सभासदलाई मन्त्रीमा पुर्याइदिएमा सके देशको नसके पनि आफ्नो त कल्याण गर्ने थिए। त्यसैले ल्याप्चेसभासदको हैसियतमात्र नराख्नुहोला। नेपालको लागि व्यक्ति गौण हो तर नेपाल नेपालीलाई भने केन्द्रमा राखि काम गर्नुहोला। त्यस्तै गरि नवराज सिलवाल र सुशिला कार्कीमाथि गरिएको रवैयाले नेपाली काङ्ग्रेसको अपहेलित हुन परेको छ। नवराज सिलवाल सुन तस्करलाई पक्डिइ नेपाल प्रेमि प्रहरी देखिएका थिए तर उनिमाथि गरिएको व्यवाहारले गर्दा सर्वसाधरणको मनोवल गिरेको अवस्था छ यतातर्फ पनि ध्यान दिनुहोला। हिमालको भोटे होस वा मधेशको मधेशि सवै कार्यकर्ताको हैसियत एकै हुनेभएकोले काङ्ग्रेसभित्रको गुटबन्दीलाई अन्त्य गर्नुहोला अन्यथा नेपाली काङ्ग्रेसका कार्यकर्ता वर्तमानमा उच्चतहमा रहेका दलका नेतालाई ठेगान लगाइदिनेछन। समयमा नै सोचि सच्चिनको लागि पनि अनुरोध गर्दछु।
चन्द्र कान्त पण्डित
पोखरालेखनाथ ३२, कास्की।

No comments: