2074-02-09
अन्तरघात नेताले गरे कि कार्यकर्ताले? के रुखमा भोट राख्नु अन्तरघात हो कि हसियाहथौडामा नेपाली काङ्ग्रेसका कार्यकर्ताले बुझ्न नसकेको अवस्था? नेपाली काङ्ग्रेसले केहि कुरा एमालेसङग सिकेमा राम्रो हुनेथियो। एमाले जुनवेला सत्तामा जाने समय हुन्छ, उसले आफ्ना सिर्सस्थ नेताहरुलाई प्रधानमन्त्री बनायो तर प्रजातन्त्रको पहरेदार भन्ने दलले प्राय सधै एकै नेता जो नमरिन्जलाई उसैलाई सभापति, प्रधानमन्त्री अनि मुख्य मुख्य मन्त्री पनि उनैलाई चाहिने। अव पालो सवैले पाउनुपर्छ जो लाइनमा उभिएका छन। यसो गरे दल पनि नेपालीको हुने थियो। हिजो कोइराला हुदा कोइरालाको, आज देउवा हुदा देउवाको भएको देखिएको छ। हैनभने किन रुखमा भोट नहाली हसिय हथौडामा राख भनि अप्राकृतिक गठबन्दन गरिएको हो? यसको जवाफ नेपाली जनता अनि काङ्ग्रेसका कार्यकर्ता खोज्दै छन। |
Sunday, October 1, 2017
अन्तरघात
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment