![]() |
डिल्लीबजार , काठमाण्डौ भाद्र २३, २०७२
आदरणिय, सम्माननिय, पुज्जनिय, पृय नेपाली दाजुभाई दिदीबहिनिहरु आजको दिनमा आउदासम्म नेपाल विश्वमानचित्रमा एक स्वतन्त्र राष्ट्रको रुपमा चिनिएको छ जसलाई तपाई हामी मिलेर यसको अस्मितालाई जोगाउन सक्नुपर्छ। चाहे तपाई हिमालमा बस्ने हो या तराई वा मेचि अनि महाकाली या पहाड अनि उपत्यका अनि चाहे तपाई हिन्दु धर्मालम्बी वा बौदिस्ट या मुसलमान या इसाई वा किराती वा अन्य केहि, सवैभन्दा पहिलो हाम्रो पहिचान मानव हो दोश्रो नेपाली तेस्रो धर्म अनि चौथो हाम्रो जात, थर, क्षेत्र आदी। त्यसैले म हजुरहरुसङग बिनम्र अनुरोध गर्दछु कि छोडिदिउ यी भेदभावका कुराहरु अनि दुश्मनी र कुटपिट, मारपिट आदि किनकि यसले हाम्रो बिनास बाहेक अरु केहि गर्दैन। भनिदिनोस मलाई नेपाली हुनमा नै गर्भ छ भनेर। हो यो सत्य हो हाम्रो समाजमा असमानता छदै छ तर के तपाइले पड्काएको गोली कहाबाट आउछ र कसैको हत्यामा प्रयोग हुदा फाइदा कसलाई हुन्छ। सोच्नोस तपाई जसलाई विस्तारवाद भन्दै हुनुहुन्छ उसैले तपाई हामी विचमा द्वन्दको बिउ रोपेर हासोको पात्रको रुपमा तपाई हामीलाई खेलाइराखेको छ र यसमा तपाई हामीले बुझ्नै पर्ने छ। आज नेपाललाई सगरमाथाको देश, गौतम बुद्दको देश, शान्तिको देश भनेर विश्वलाई चिनाउन सफल भएका छौ के यसलाई हामी कायम गराउन सक्छौ त?यदि तपाई हाम्रो बिबेकले काम गर्न सुरुगर्छ भने आज अहिल्य नै यसको समधान गर्न सकिन्छ। तर कसरी? नेपाल र नेपालीलाई केन्द्रमा राख्यौ भने यसको समधान आहिहाल्छ। अव धर्म, जातजाती, क्षेत्रको विभाजनमा नभएर यस मातृभुमिमा भएको गरीबी र अशिक्षालाई निर्मुल पार्ने बाटो रोजौ।त्यसैमा हामी सवैको जय हुनेछ। यहि देशमा एक कोइराला देशको कार्यकारी प्रमुख भएर देश हाकिरहेको अवस्था छभने अर्को कोइराला खानानपाएर सडकमा भौतारिएको छ। त्यस्तै गरी मधेशका एक यादव देशको सर्वोच्च पद रास्ट्रपति भएका छने भने अर्को यादव सडकमा भैया हुदै हिडेका छन। अनि एक पुर्वेली पहाडको नेवाङ देशको सम्बिधानसभाको सभामुख भएका छन र प्रधानमन्त्रीलाई समेत आफ्नो अधिनमा राख्न सक्छन भने अर्को नेवाङ कहि कतै जङ्गलका भिर पखेरीमा सुशेली मार्दै दिन गुजारा गरिरहेका छन। अनि पुर्वेली राई जसले ३०वर्षको उमेरमा पढाई सुरुगरेर सडकमा फालिएको खाना बटुलेर आफ्नो प्राणको रक्षा गर्दै गुरु प्रपन्नचार्य बन्न सक्ने कालेबहादुर राईले जहा इच्छा त्यहा उपाय भनेर भर्खरै मात्र आफ्नो जिवन लिला समाप्त गरेपनि उहाको लगनशिलता रजिवनमा प्राप्त गरेको र वेदका ग्याताको रुपमा पहिचान बनाएर गएका द्रस्टाहरुलाई हामी एक दुई मिनेट समय दिएर सोच्यौ भने हामीले सवैभन्दा ठूलो विभेद आफैमा पाउने छौ। हामीले भौतीक आर्जनलाई ठूलो उपलव्धि मान्दै आफ्नो क्रतव्यलाई भुल्यौ भने पनि विनाश नै हात लाग्छ अन्तमा।त्यसैले पनि भन्नै पर्छ प्रत्यक नेपाली सवल हुने बाटो रोज्नु नै आजको आवश्यकता हो। तर कसरी? गरीबी हटाउनको लागि उध्योग धन्दा खोल्नुपर्छ र रोजगार राम्रो तलवभत्ता उपलब्ध गराउनुपर्छ भने अशिक्षालाई अन्ते गर्नको लागि आवशिय विदालयको व्यवस्था गर्नुपर्छ भने अनि योग्य ब्यक्ति ठिक ठाउमा प्रतिशप्रधाको आधारमा चयन गर्नुपर्छ। अनि मात्र हुनेछ सवैको कल्याण। आरक्षले त एकातर्फ मानिसलाई कमजोर तुल्याउछ भने अर्को तर्फ अ्मानविय पनि यस अर्थमा हुन्छकि सभामुख नेवाङको सन्तानले आरक्षमा सरकारी सुविधा प्राप्त गर्ने छ तर उनैको घरमा काम गर्ने वा भाडा माझ्ने ब्राह्मणको सन्तानले कुनै सुविधा नपाउन सक्छ। त्यसैले अहिले भारतमा २२ वर्षे पटेलले गुजरात हल्लाईराखेका छन।भोलि त्यो दिन नेपालमा आउने छ। आजै सजग बन्नुपरेको छ।सङ्हियता र जातियताका मुदाले नै अहिले देशमा नरसम्माहर भैराखेको छ। सङ्हियतामा जान सकिने भनि एक बिग्यको आयोग वनाई सङ्हियता कहा कसरी लागु गर्ने भन्ने सन्दरभमा गहिरो अध्ययन गर्ने र नेपाल र नेपालीको कल्याण हुने कार्यमा लाग्नुपर्ने छ।त्यसैले हजुरहरुसङग बिनम्र अनुरोध छ नेपाल र नेपालीको पहिचानमा बीर गोर्खाली मात्र नभएर सफल नेपाली जसको ओठमा केवल मन्द मुस्कान मात्र रहोस नकि कुनै रिसराग । यसकै लागि लागौ र नेपालीलाई समुन्नत बनाऔ। जय होस नेपाल र नेपालीको अनि समग्र मानवताको। चन्द्र कान्त पण्डित लेखनाथ-१५, कास्की |
Sunday, October 1, 2017
नेपाली दाजुभाई दिदीबहिनिहरु
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment