जन्मदिन मनाउने परम्परा मेरो घरमा थिएन र मेरो गाउमा एक जनाको बाहेक अरुको जन्मदिन मनाएको मलाई थाहाथिएन । २०६१ भाद्र २४ गते रातको ८:३० मा मेरा ससुराबाले फोन गर्नु भयो शान्तीसँग कुरा गर्नु भयो र फोन राख्नु भयो । फोनराखिसकेपछी मेरी प्रिय शान्ती घुक्क गर्न थालिन मलाई बुझ्ननै गार्हो भयो। सोधे पछी थाहाभयो बुवाले फोन गरेर पनि हापिबर्थडे भन्नुभएन रे। अचम्म लाग्यो। बाहिर पानी पारीरहेको थियो। मेरो २ वर्शकी जेठि छोरी प्रज्ञालाई लिएर बाहिर गए अनी केक पसलबाट सिङगो बर्थडे नली अरु बिभिन्न किसइमका बेकरी र केक किनी घरमा ल्याइ केक खुवाएपछी त्यो मलिन अनुहारमा चमक थियो। हिजोको दिनमा छोरीलाई मायागर्दागर्दै फोन गरेर पनि हापिबर्थ्डे भन्नबिर्सिएका बुवाको अभाव त म कसो गरी पुरा गर्न सकुला र तर पनि विवाहको डोली अण्माइसकेपछी मेरी सासुआमाले भनेको कुरा सधै याद अाइरहन्छ। उहाले भन्नुभएको थियो मेरा धेरै छोरी भएपनी यो चाँही ,,,,,,,,तर यो चाँहीको अर्थ बुझ्न सकेको छैन समयले नै बुझाउला। पालेपुन्ने मारे पाप। प्र्तिउत्तरमा मैले जवाफ दिएको थिए सुख दिन नसकेपनी दु:ख चाँही दिन्न। मलाई थाहाछैन मैले मेरो वचन पुरा गरे या गरेको छैन र उनलाई सोधेको पनि छैन तर पनि मेरो मन भन्छ उनी खुशी छन। जीवनका उकाली ओरालिमा सुख र दु:खमा टोल छिमेकलाई जगियाको वरिपरी साची राखी मन्त्रद्वारा कसम खाँदै अगाडि बढदै गरेको यात्राामा जन्मदिनको शुभकामना दिनुपर्छ भन्ने सन्देश दिने यस अर्थकी गुरुआमा तर मेरी प्रिय शान्तिलाई जन्मदिनको मुरिमुरी शुभ कामना। यस जन्मदिनबाट यदी कोही कसैले उनिलाई केही कुराले बोझिलो बनाएका छन भने पनि उनको दिल पानी पर्दाको भोलिपल्टको आकाशखुल्दाको निलो आकाश जस्तो बन्न सकोस र नाम अनुसारको शन्ती मिलोस यही छ है मेरो कामना। सुखी रहौ , खुशी भौ, शान्ती र सम्व्रिदिले सधैं अघिपछी गरुन अनी आफ्ना आफन्तको प्रिय र एक सफल र स्व्तन्त्र नागरिकको नाम आउँदा तिम्रो नाम आओसन यही मेरो र तिम्रो स्व्र्गे बुवाको तर्फबाट पनि जन्मदिनको मंगलमय शुभकामना।
No comments:
Post a Comment