चावहिल, जिल्ला शिक्षा कार्यालय काठमाण्डौ, शिक्षा मन्त्रालय तथा अन्य सम्बन्धित सवैलाई हृदयदेखि नै मुरि मुरि धन्यवाद।
शिक्षा नै मानव सभ्यताको मानङ्क हो। मानव समाजलाई सहि अर्थमा परिवर्तन गर्नको लागि शिक्षा अपरिहार्य छ। शिक्षाले नै मानिसलाई ब्राहमण बनाउछ नकि बाहुन या अन्य। हिन्दु ग्रन्थ गितामा पनि मानिसलाई कामको आधारमा चार वर्गमा विभाजन गरिएको पाइन्छ। शिक्षा भएको मानिस वा कुनै समस्याको समाधान दिन सक्ने व्यक्ति ब्राहमण, समाजको सम्रक्षण गर्न सक्ने व्यक्ति क्षत्री, उध्योगधन्दा खोलि अरुलाई रोजगार दिनसक्ने व्यक्ति वैश्य अनि दिन दिनै आफ्नो रोजि रोटिको लागि मजदुरी गर्ने व्यक्ति शुद्र हो। त्यसैले आज नेपालमा ब्राहमणको आवश्यकता छ नकि कुनै जात जाति विरुद्द्को भेदभाव। साथै सवै जात जाति समुह सवै एक आपसमा हातेमालो गर्दै एकको आवश्यकता अर्कोको लागि अपरिहार्य छ भन्ने समाजको पनि। यि र यस्तै कुरा बुज्न र बुझाउनको लागि पनि शिक्षा आवश्यकता छ। शिक्षाले नै मानिसलाई आत्मनिर्भर बनाउछ भने र स्वाभिमानका साथ जिउन पनि शिक्षाले नै शिकाउछ।
अहिले नेपालका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर छैन र आफुलाई सरकारी जागिर खोज्ने तर वच्चाहरु निजि विद्यलयमा पठाइ आफ्नो अपनत्वो नगरि आफुमा पनि विश्वास् जगाइ परिवर्तनको सुरुवात अरुलैइ अर्तिदिएर भन्दा आफैबाट सुरु गर्नुपर्छ भनि मैले मेरा आफ्ना ३ सन्तानलाई आफ्नै विद्यालयमा भर्ना गराई उनिहरुको शिक्षामा मन जगाउन तथा अन्य मित्रहरुलाई पनि यस तर्फ लाग्नको लागि उत्प्रेरकको रुपमा भुमिका खेल्न सकेको जस्तो लागेको छ र मेरा वच्चाहरु पशुपति मित्र माविको शिक्षण प्रकृया देखि खुशि छन। मैले नेपाल सरकारले सरकारी निकायमा जागिर खाने व्यक्तिले आफ्नो सन्ततीलाई सरकारी विद्यालयमा पढाउन पर्छ र विधार्थी सङगठनको सोचलाई पनि मैले सिरोधार्य गरेकोमा र शिक्षा क्षेत्रमा नै दुई दशको भन्दा लामो सेवाको मुल्याङ्कनको रुपमा यस पदकले मलाई हौसला दिएकोमा आउदा दिनमा पनि मन वचन र कर्मले शिक्षा नै मानव सभ्यताको सुचाङ्कको रुपमा अगाडि बढाउन सक्छ भन्ने पुर्ण विष्वासका साथ समर्पित भएको छु। शिक्षाले नै नेपाल र नेपालीको सान र मानलाई अग्रपङ्तिमा विश्व मानव सभ्यतामा निरक्षरको बाहुल्यता भएको देश नभनि हिजोको बीरहरुको मात्र नभएर शिक्षित र सभ्य मानिसको देश नेपाल भनेर चिनाउन सक्नेछ भोलिका दिनमा।
यसमा सवै नेपालीको समान दायित्व छ र सवैले आ-आफ्नो स्थानबाट लाग्नु पर्छ। मैले त प्रण गरे सुरु पनि गरे र शिक्षा पुरस्कारबाट पनि सन्मानित भए। यस पेशा प्रति गर्व गर्छु र आउदा दिनमा नया पिढिका युवाहरुलाई आफ्नो पेशाको चयन गर्नु पर्दा शिक्षालाई नै आफ्नो पहिलो रोजाइ बनाउनको लागि अनुरोध पनि गर्छु। हो यस पेशामा तपाइले सोचे जस्तो कमाई छैन तर दिनदिनै मानव अनुहार पढ्न पाउनुहुन्छ, एक अवोध बालकको मन्द मुस्कान तथा उमेर पुगेका वच्चाको तर्कले तपाइका पिडा तपाइको मानसिकताबाट हटाइदिन्छ।
तपाइको पैसाले किन्न नसक्ने सन्तुस्टि तपाइको वच्चाले प्राप्त गरेको उपलब्धिले दिनेछ। तेरो र मेरो भन्ने विभेदको पनि यसैले अन्त्य गरिदिन्छ। किनकि तपाइको आखा अगाडि आफैले जन्माइ हुर्काएको वच्चा हुन्छ भने अर्को तर्फ तपाइले दिएको दिक्षार्थी हुन्छ्। मलाई लाग्छ तपाइ ति दुइ बच्चाको बिचमा विभेदगर्न सक्नुहुन्न र समान देख्नुहुन्छ दुवैलाई। आर्थिक सम्पनता, राजनैतिक उपलव्धि आदिले मानिसलाई खुशि राख्न सक्ने भए सायद विश्व बिजेता अलेक्ज्याण्डर ग्रेटले आफु मरे पछि आफ्ना हातहरु खुला आकाशमा सवैले देख्ने गरि राखिदिनु भनि आफ्ना सहयोगिलाई भन्ने थिएनन होला, गौतम बुद्दले पनि दरवार त्याग्दैनथे होलान।
त्यसैले भन्नै पर्छ शिक्षा बिनाको जिवन अन्धकार छ, शिक्षामा जो रमाउन सक्छ उसैले मानव बुझ्छ।जव मानवताको वारेमा सहि अर्थमा ग्यान हुन्छ, अनि मानव समाजमा भएका विभेदिकरणको पनि अन्त्य हुन्छ। अनि शान्त विश्व मानव समाज सृजना हुनेछ।त्यसैले पुन शिक्षामा समर्पित हुनको लागि सवैलाई यसै क्षणमा अपिल पनि गर्दछु।अन्तमा सवैको जय होस र हजुरहरुको प्रतिकृयाको लागि पर्खिरहने छु।
— in Kathmandu, Nepal.शिक्षा नै मानव सभ्यताको मानङ्क हो। मानव समाजलाई सहि अर्थमा परिवर्तन गर्नको लागि शिक्षा अपरिहार्य छ। शिक्षाले नै मानिसलाई ब्राहमण बनाउछ नकि बाहुन या अन्य। हिन्दु ग्रन्थ गितामा पनि मानिसलाई कामको आधारमा चार वर्गमा विभाजन गरिएको पाइन्छ। शिक्षा भएको मानिस वा कुनै समस्याको समाधान दिन सक्ने व्यक्ति ब्राहमण, समाजको सम्रक्षण गर्न सक्ने व्यक्ति क्षत्री, उध्योगधन्दा खोलि अरुलाई रोजगार दिनसक्ने व्यक्ति वैश्य अनि दिन दिनै आफ्नो रोजि रोटिको लागि मजदुरी गर्ने व्यक्ति शुद्र हो। त्यसैले आज नेपालमा ब्राहमणको आवश्यकता छ नकि कुनै जात जाति विरुद्द्को भेदभाव। साथै सवै जात जाति समुह सवै एक आपसमा हातेमालो गर्दै एकको आवश्यकता अर्कोको लागि अपरिहार्य छ भन्ने समाजको पनि। यि र यस्तै कुरा बुज्न र बुझाउनको लागि पनि शिक्षा आवश्यकता छ। शिक्षाले नै मानिसलाई आत्मनिर्भर बनाउछ भने र स्वाभिमानका साथ जिउन पनि शिक्षाले नै शिकाउछ।
अहिले नेपालका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर छैन र आफुलाई सरकारी जागिर खोज्ने तर वच्चाहरु निजि विद्यलयमा पठाइ आफ्नो अपनत्वो नगरि आफुमा पनि विश्वास् जगाइ परिवर्तनको सुरुवात अरुलैइ अर्तिदिएर भन्दा आफैबाट सुरु गर्नुपर्छ भनि मैले मेरा आफ्ना ३ सन्तानलाई आफ्नै विद्यालयमा भर्ना गराई उनिहरुको शिक्षामा मन जगाउन तथा अन्य मित्रहरुलाई पनि यस तर्फ लाग्नको लागि उत्प्रेरकको रुपमा भुमिका खेल्न सकेको जस्तो लागेको छ र मेरा वच्चाहरु पशुपति मित्र माविको शिक्षण प्रकृया देखि खुशि छन। मैले नेपाल सरकारले सरकारी निकायमा जागिर खाने व्यक्तिले आफ्नो सन्ततीलाई सरकारी विद्यालयमा पढाउन पर्छ र विधार्थी सङगठनको सोचलाई पनि मैले सिरोधार्य गरेकोमा र शिक्षा क्षेत्रमा नै दुई दशको भन्दा लामो सेवाको मुल्याङ्कनको रुपमा यस पदकले मलाई हौसला दिएकोमा आउदा दिनमा पनि मन वचन र कर्मले शिक्षा नै मानव सभ्यताको सुचाङ्कको रुपमा अगाडि बढाउन सक्छ भन्ने पुर्ण विष्वासका साथ समर्पित भएको छु। शिक्षाले नै नेपाल र नेपालीको सान र मानलाई अग्रपङ्तिमा विश्व मानव सभ्यतामा निरक्षरको बाहुल्यता भएको देश नभनि हिजोको बीरहरुको मात्र नभएर शिक्षित र सभ्य मानिसको देश नेपाल भनेर चिनाउन सक्नेछ भोलिका दिनमा।
यसमा सवै नेपालीको समान दायित्व छ र सवैले आ-आफ्नो स्थानबाट लाग्नु पर्छ। मैले त प्रण गरे सुरु पनि गरे र शिक्षा पुरस्कारबाट पनि सन्मानित भए। यस पेशा प्रति गर्व गर्छु र आउदा दिनमा नया पिढिका युवाहरुलाई आफ्नो पेशाको चयन गर्नु पर्दा शिक्षालाई नै आफ्नो पहिलो रोजाइ बनाउनको लागि अनुरोध पनि गर्छु। हो यस पेशामा तपाइले सोचे जस्तो कमाई छैन तर दिनदिनै मानव अनुहार पढ्न पाउनुहुन्छ, एक अवोध बालकको मन्द मुस्कान तथा उमेर पुगेका वच्चाको तर्कले तपाइका पिडा तपाइको मानसिकताबाट हटाइदिन्छ।
तपाइको पैसाले किन्न नसक्ने सन्तुस्टि तपाइको वच्चाले प्राप्त गरेको उपलब्धिले दिनेछ। तेरो र मेरो भन्ने विभेदको पनि यसैले अन्त्य गरिदिन्छ। किनकि तपाइको आखा अगाडि आफैले जन्माइ हुर्काएको वच्चा हुन्छ भने अर्को तर्फ तपाइले दिएको दिक्षार्थी हुन्छ्। मलाई लाग्छ तपाइ ति दुइ बच्चाको बिचमा विभेदगर्न सक्नुहुन्न र समान देख्नुहुन्छ दुवैलाई। आर्थिक सम्पनता, राजनैतिक उपलव्धि आदिले मानिसलाई खुशि राख्न सक्ने भए सायद विश्व बिजेता अलेक्ज्याण्डर ग्रेटले आफु मरे पछि आफ्ना हातहरु खुला आकाशमा सवैले देख्ने गरि राखिदिनु भनि आफ्ना सहयोगिलाई भन्ने थिएनन होला, गौतम बुद्दले पनि दरवार त्याग्दैनथे होलान।
त्यसैले भन्नै पर्छ शिक्षा बिनाको जिवन अन्धकार छ, शिक्षामा जो रमाउन सक्छ उसैले मानव बुझ्छ।जव मानवताको वारेमा सहि अर्थमा ग्यान हुन्छ, अनि मानव समाजमा भएका विभेदिकरणको पनि अन्त्य हुन्छ। अनि शान्त विश्व मानव समाज सृजना हुनेछ।त्यसैले पुन शिक्षामा समर्पित हुनको लागि सवैलाई यसै क्षणमा अपिल पनि गर्दछु।अन्तमा सवैको जय होस र हजुरहरुको प्रतिकृयाको लागि पर्खिरहने छु।
No comments:
Post a Comment