Sunday, October 1, 2017

एक नेपालीले अर्को नेपालीलाई नचिन्नेभएपछि

भाद्र ९,२०७२
एक नेपालीले अर्को नेपालीलाई नचिन्नेभएपछि किन् चाहियो सङ्घियता? देशमा शान्ति अ्मनचयन र देशलाई निकास दिन नसक्ने भए किन चाहियो सरकार? जनतालाई चित्तबुझाउने सम्बिधान लेख्न सकिदैन र जनता र प्रहरीलाई भिडाएर एक आपसमा हत्या गराइन्छ भने किन चाहिन्छ सम्बिधानसभा? जहा बिचारले होइन "जसका लाठी उसका भैसी" भन्ने उखानचरितार्थ हुन्छ अनि जनताको आवाजको प्रतिनिधित्व हुदैन भने किन चाहियो राजनैतिक दल? आजको दिनसम्म आत्मालाई धोका दिदै नेताहरुलाई सम्मान गरे पनि गुण धेरै खाएपछि तितोहुन्छ भन्ने दिनतर्फ सचेत हुन आदरणिय नेतागणलाई अनुरोध। नेपाली आत्तिइसकेका छन। साना तोते बोलि बोल्ने बच्चाहरु भन्न थाले विद्दालय किन नलागेको, बस किन नचलेको, केका लागि बन्द भएको हो? यसको उत्तर नेतागणले दिन सक्नुहुन्छ कि? करिव चारदसक भन्दा लामो जिवनमा आफ्नो ३ वर्षको बच्चालाई काधमा राख्दै जिन्दावाद मुर्दावादभन्दै गोलि र लाठीको प्रभाह नगर्दै आफुले थाहपाएसम्मका प्रत्यक जनपक्षिय आन्दोलनमा सम्बन्धित सुरक्षा फौजको आखा छल्दै लागेको नेपाल र नेपालीको आमुल परिवर्तनको लागि हो तर शिहदरबारमा प्रधानमन्त्रीको फोटो परिवर्तनको लागि।
 नेतागणहरु शिहदरवारमा झुण्ड्याइएका तस्विरले भोलिका दिनमा आफैलाई नजिस्काउने दिन देख्न नपरोस। "हगि नि सके दैलो नि देखे भन्ने" उखान डा बाबुरामले महशुस गरे पनि पछि पछुताउनुभन्दा वर्तमानमा नै सजग भए राम्रो। बाबुराम जी यो देशको जल्दोबल्दो अर्थमन्त्री अनि प्रधान्मन्त्री भैसकेको व्यक्ति अहिले भन्दै हुनुहुन्छ कि तलवले खाना पुग्दैन भ्रस्टाचार गर्छन कर्मचारी भनेर। सचिवको तलव एक लाख पुर्याउन पर्छ र कम्तिमा पनि तल्लोस्तरको कर्मचारीको पच्चीस छब्बीस हजार पुर्याउनु पर्छ। यहि सवालमा पनि उहा चुकेको देख्छु। किनकि उहा समानता चाहिन्छ र वर्ग विहिन समाजको कल्पना पनि गर्नुहुन्छ। करिव करिव नेपाली वर्तमान समाजको परिवार सदस्यता चार पाच वा छ हुन्छ अनि ति परिवार चाहे त्यो सचिवको होस चाहे पिउनको खाना त सवैलाई चाहिन्छ अनि बास र कपास पनि? अनि अहिले २५००० मासिक तलव बुझ्ने अधिकृतलाई खाना पुग्दैन भने त्यो पिएनको परिवारलाई कसरी पुग्ला? त्यसैले नेतागणहरु अलि बिबेक पुर्याउनुहोस र देशलाई निकास दिनोस। हिजो मात्र अङ्रेजीमा एउटा भनाई पढेको थिए र न्यायोचित पनि लागेको छ- If an egg is broken by outside force, the life ends. If it is broken by inside force, the life begins. Great things always begin from inside. नेपाल र नेपालीलाई केन्द्रबिन्दुमा राखेर नेपाली माटोमानै वसेर नेपालको माटोलाई हातमा राखेर गरीब नेपाली जो बोल्नसक्दैन जसको गासको लागि केहि छैन तिनलाई हेरेर तिनको जिवनस्तर बढाउने बाटोको नक्साङ्कन गर्नोस नकि आफ्नो नितान्त व्यक्तिवादी आवश्यकता पुरा गर्न। जय होस नेपाल र नेपालीको!

No comments: