Sunday, October 1, 2017

के नेपालमा गणतन्त्र छ त?

जेठ ३१ २०७३ 

के नेपालमा गणतन्त्र छ त?

देख्दै छु र भोग्दै छु गणतन्त्र नेपाल अनि नेपालमा कम्निस्टको राज। मैले बुझिन कि सत्य होइन या मलाई थाह छैन मैले सुन्ने गरेको कुरा सत्य हो कि होइन। तर पनि भन्नै पर्छ यदि मैले सुनेको कुरो सत्य हो भने गणतन्त्र किन चाहियो यदि लुटतन्त्रले नै काम गर्छ भने। अस्तिको दिनमा मात्र एक उच्च तहको प्रहरी दाजु सङ्ग गफिदा गफिदै भन्न पुगिएछ। अव त प्रमोशोनको बेला भएन र? अलिक आकृति बिगार्दै भन्नु भयो समय त भयो नि तर? केहो त्यो तर? जवाफ दिन सक्ने आट छ वर्तमान सरकारलाई। के निस्पक्ष भएर बिना लेनदेनमा काम गर्न सक्छ त? के महङ्गी नियन्त्रण गर्न सक्छ त वर्तमान नेतृत्व। सकोस मेरो कामना छ।

म अलि विश्वास पनि यस अर्थमा गर्छु नि मेरो विचारको केहि भाग जग्गाको वारेमा अगिल्लो वर्षमा लेखेको स्टेटसमा मेल खाएको छ वर्तमान बजेट भाषणमा। मैले केहि गलत सन्देश सुनेको छु, यदि यो गलत सन्देश सहि र साचो भएमा वर्तमान सरकारलाई नेपालको राज गर्ने एक सेकेण्ड पनि हुदैन किनकि म जे सुन्दै छु त्यो घुशखोरि र जनविरोधिकार्य हो। यसको निर्मुल गर्नुपर्ने कार्य सवैको हो। सवै नेपाली सजग बन्नै पर्छ र घुशखोरी र निकृस्ट कामको निन्दा गर्नै पर्छ। मलाई लाग्छ बुझ्नेलाई यति नै काफी छ।

No comments: