Sunday, October 1, 2017

नेपाल , भारत र चाइना

२०७४-०५-१८
नेपाल र नेपालीले आफुलाई भारत र चाइनाको बिचमा रहेकोले सानो भनिरहनुपर्दैन र हेपिनु पनि पर्दैन यदी नेपालको नेत्रित्व्मा अटल शाहश र धैर्यता छ भने।
प्रत्यक नेपाली ले बुझ्नुपर्छ कि भिमकाय हात्तीको मृत्‍यु सामन्य कमिलबाट हुन्छ र सर्पलाई बिक्स्छिले मार्न सक्छ भने नेपाली ले आफ्नो अधिकारको लागि बिचार राख्नसक्नु पर्छ। कुनै पनि व्यक्तिले अर्कोलाई हेप्न केवल हेपिन खोज्दाको दिन्सम्म मात्रा हो यदी उसले आवाज उठाएमा हेप्ने व्यक्ती चुप लाग्नै पर्छ किनकी अव उसँग र्अर्कोलाई हेप्ने सामर्थ्य नै हुँदैन। एक देशले अर्को देशलाई हेप्नु, एक व्यक्तिले अर्कोलाई हेप्नु, हुनेले नहुनेलाई हुप्नु धनीले गरीबलाई हेप्नु करिव करिव उस्तै हो। यदी मानिस विवेकशिल प्राणी हो भने एकले अर्कोलाई सहयोगको भावनामा लाग्नुपर्छ। मरेर लानु के छ् र तपाईंले जम्मा गरेको अकुत सम्पत्तिको पनि अर्थ नरहन सक्छ र तपाईंले कालो गरी कमाई राखेको सम्पत्तिको कारणले तपाईंको सन्तानमा सम्पत्तिको मातले गर्दा अविवेचारी हुनसक्छ र तपाईंको नाम नराम्रोसँग जोडीन पुग्छ ।
दानविर दानव बलीराजाले भगवान बिष्णुलाई समेत द्वारपाल बनाउनसकेका थिए। दिनेलाई नै जित्छ तर थुपार्नेले त कल्अङ्क मात्रा लिने हो। थाहा छैन आज नेपाली लाई कोहो पम्फा देवी जसको कैयै सम्पत्ति स्विस बैण्कमा छ भनिन्थियो। राजनीतिमा केवल सत्ता हत्तौनको लागि व्यक्तिको चरित्र हत्या गर्न हुँदैन। हिजोको दिनमा राजालाई सेतो हात्ती भनिन्थियो तर आजका नेता के खरायो भएका छन त? हिजोको राजा पाल्न र आजका भुपु मन्त्री र प्रधानमन्त्री पाल्नु उस्तै छैन र ? के अहिलेका जनपक्षिय नेताले आफुलाई सत्तब्बाट बाहिरियपछी आफुलाई सामान्य नागरिकअको हैसियतमा राखी आफु सुरक्षित भएको महशुश गर्न सक्दैनन र ? अन्य देशमा नभएको प्रयोग नेपालमा भएकोले के यहाँका नेताले आफुलाई सुरक्षाको घेराबाट बाहिर निकाली आफुलाई सामान्य नागरिकमा राख्न सके सवैको प्यारो बन्ने थिए जसरी श्री कृष्णले सवैको प्रिय मखन चोर बनेका थिए।
आयोध्याका राजा हरिश्चन्द्रले चान्डालको भूमिका निभाइसकेपछी स्वर्गका राजा ईन्द्र उनलाई लिन आउँदा आफना प्रजालाई दु:खमा छोडि स्वर्ग जानुभन्दा नर्क नै ठीक भनेपछी ईन्द्रले हरिश्चन्द्र लगायत सवै अयोध्यावासीलाई जिउदै स्वर्ग लगेको द्रिस्ट्टान्त श्रीमददेवीभागवतमा उल्लेख गरेको पाईन्छ। हामी नेपालीलाई हरिश्चन्द्र जस्तै राजा वा प्रधानमन्त्री वा राष्ट्रपती चाहिएको न कि 'मै खाउ मै लाउ सुख सयल मै गरु अरु सवै मरुन दुर्वलहरु ' त्यसैले अव नेपाली हरु हरिश्चन्द्रको खोजिमा छन नेत्रित्व सावधान । सम्विधान सवैको लागि वनोस अपराधीले सजाय चाहे नेता वा सामान्य नागरिक जो होस् उसले भोगोस, अनी सवै नेपाली ले भन्न सकुन यही रामराज्य जहाँ रामले सामान्य नागरिकले सिताको बारेमा केही सुनेपछी सितालाई भौतिक रुपमा त्यागेपनी तर दुवै दुवैको लागी भएर जिएको द्रिस्तान्त रामायाणमा छ।हेप्न र हेपिने होइन सके सहयोग गर्ने नसके अर्काको विगार नगरनु नै आजको आवश्यकता हो। चाहे यो वक्तिको मामाला होस वा देश देश बिचको।

No comments: