Sunday, October 1, 2017

प्रधानमन्त्रीलाई खुला पत्र

प्रधानमन्त्रीलाई खुला पत्र

श्री सन्माननीय प्रधानमन्त्री ज्यू,
शिहदरवार, काठमाण्डौ नेपाल।

प्रधानमन्त्रीज्यूको कार्यकाल सफल रहि नेपाल र नेपालीको भविस्य कोर्न सफल रहोस भनि शुभकामना व्यक्त गर्दै अनुमति लिदै केहि गुनासाहरु पस्किएको छु।

नेपालमा भैरहेका र घटिरहेका विभिद घटनाक्रमले बताउछ कि नेपालमा गणतन्त्र वा लोक्तन्त्र वा प्रजातन्त्र छैन र आवाज नहुनेको स्थान छैन, पहुच नहुनेको लागि प्रधानन्यायधिशकै शव्दमा न्याय छैन। जनताले बगाएको रगत के को लागि? हिजोको दिनमा रहेका सुरक्षा फौजसङगको भिडाइ के को लागि? हिजोको राजा र उनको पेरिफेरिमा रहनेलाई सामान्ति र निरङ्कुश शब्दहरु के का लागि? के परिवर्तन छ सर्वसाधरणको लागि?

आजको आवश्यकता नै बोल्न नसक्नेले पनि आफ्नो अधिकारको लागि आवाज उठाउन पाउनु पर्छ, बिकासको लागि सरकारसङग पुग्न पाउनुपर्छ र कानुनको हकमा सवैको सहज पहुच हुनुपर्छ। प्रधानमन्त्रीज्यू एक दिन हिजोका राजाले झै गरि आफ्नो भेश बदली तृभुवन अन्तरास्ट्रीय विमानस्थलमा हिडेर पुग्नोस, अनि थाह हुनेछ तपाई कसको प्रधानमन्त्री हो भनेर। त्यसरी नै कुनै नेता तथा मन्त्रालयका कर्मचारीलाई सम्पर्कनै नगरी तपाई शिहदरवाराको गेटबाट भित्र जाने प्रयास गर्नुहोस त तपाई जान पाउनुहुन्छ कि हुदैन? अनि यदि तपाई यो देशको प्रधानमन्त्री र सच्चा राजनेता हो भने मलाई विश्वास छ तपाइसङग आत्माग्लानी मात्र रहने छ र हिजोको दिनमा गरेका कवलहरुले सताउने छ अनि मात्र तपाई सहि मार्गमा हिड्नु हुनेछ। अनि सत्यको लागि, नेपाल र नेपालीको भलाइमा लाग्नुहुनेछ।

हो तपाइको क्षमता छ तर त्यो क्षमता अव नेपालको नव निर्माणमा लाग्नुहोस। नेपाललाई बिखण्डनमा होइन सवल र सिङ्गो नेपाल वनाउन अडिग रहनुहोस। यसैमा कल्याण हुनेछ। नेपालका जातजाति यहाका गहना र पहिचान हुन । तिनको सम्रक्षण गर्नु आजको आवश्यकता हो। जात जातिलाई आरक्षण होइन उनलाई सक्षम बनाउनु छ।यदि कोहि कसैलाई आरक्षणमा राखेर रोजगारी वा अन्य कतैको नेतृत्वो दिइन्छ भने उ आफैमा कमजोरि भएको महशुश गर्नेछ। त्यसैले अशिक्षितलाई आवशिय निशुल्क शिक्षा र गरीबलाई उध्योग धन्दामा न्यायोचित पारिश्रमिक दिएर समाज अगाडि बढाउनु पर्ने छ अन्य मात्रहुनेछ सवैको कल्याण। आफुले चाहे अनुसारको कामगर्न पाएमा सवैको दिल खुशि पनि हुनेछ। अनि मात्र त्यहा स्वतन्त्रता, अधिकार आदिको कुरा हुनेछ।

प्रधानमन्त्री ज्यू भन्दा र सुन्दा पनि नेपाली हु भनि कसरी भन्ने जव कि कुनै नागरिक जो कुनै टोलसुधार समितिको अध्यक्ष सरकार स्वयमले बाटो निर्माण गर्ने पहलको लागि सहरी बिकास मन्त्रालयमा नगर बिकासबाट सिफारिस फाइल के हुदैछ भनि बुझ्नको लागि जानुपर्दा शिहदरवारको गेटबाट फिर्ता हुनुपर्दा के भन्ने? शिहदरबारभित्र सर्वसाधरणको पहुच कहिले हुन्छ? बिश्वास छ सर्वसाधराणलाई सजिलै शिहदरवार भित्र रहेका मन्त्रालयभित्र सहज पहुच हुनुपर्छ। प्रत्यक स्थानमा लेखिएको हुन्छ सुचनाको हक भनेर। यदि एक नेपाली नागरिक शिहदरबारको गेटबाट नै फर्कनु पर्छ भने भन्नै पर्छ नेपालमा प्रजातन्त्र छैन, गणतन्त्र पनि छैन र नेपालको सम्बिधानको कुन धाराले सजिलै मन्त्रालयसम्म पुगि आफ्नो अधिकारको खोजि गर्नसक्छ? यसको जवाफ सर्वसाधरणले नपाएमा बुटवलमा देखिएको जनसागर शिहदरवारको गेट घचघचाउन आइपुग्ने छ। हतियार भन्दा मानिसको आवाज नै बलियो हुन्छ जुन बिश्वका घटनाक्रमले प्रमाणित गरिसकेको छ। नेपालको प्रगति सवै नेपाली इमान्दार भएर लागेमा मात्र सम्भव छ अन्यता कुवाको भ्यागुताको कथाजस्तै हुनेछ।

त्यसैले भन्नै पर्छ अवको बिकास गरेर देखाउनु पर्छ जसरी वर्तमान सरकारले अघोशित लोडसेडिङ मुक्त काठमाण्डौ बनाउन सफल भएको छ। अर्को पाटो रह्यो नेता र नागरिक विचको भिन्नता। यदि दलका नेताहरु महलमा वास वस्ने हैसियत हुन्छ भने सवै नेपालीको लागि कम्तिमा टहरा त हुनुपर्यो नि। नेतागणको अगाडि पछाडि दुइ चारवटा गाडि सुरक्षाको लागि कुद्छन भने सडकमा हिड्दा प्रत्यक नेपाली सुरक्षित छु भनि महसुश गर्न सक्ने हुनुपर्यो। नेपालको लागि सडकमा रहेको बालक र महलमा वस्ने बुर्जुवा वा धनाढ्य वा नेतागण उत्तिकै महत्वका छन किन कि स्वस्थानिमा नवराज राजा बनेका थिए पछि आएर रामवरण यादव अनि विध्याभण्डारी, रास्ट्रपति। त्यसैले सडकको बालकलाई पनि तिरस्कार गर्न मिल्दैन किन कि भोलिको नेपालको बागडोर उसैको हातमा हुनेछ जसरी आज तपाईहरुको हातमा छ। समय जस्तै गतिशिल मानिस बन्न नसकेमा देश उधोगतिमा लाग्ने छ। प्रधानमन्त्री ज्यू कहिलेकाहि सवै सुरक्षा घेराबाट पनि निस्कनुहोला किनकि सधै घेराभित्र रहेको नेताले भोको र नाङ्गो ब्यक्ति देख्दैन अनि जनता भोकै छन भन्दा मासुभात पनि खान पाएका छैनन भन्ने दिन न आउला भन्न सकिदैन। अचनाको पिडा केवल अचानोलाई मात्र थाह हुन्छ। वास्तविकता ओकाल्दा प्रधानमन्त्री ज्यूलाई अप्ठयारो परेमा अवोध नागरिक रहेछ भनि माफ गर्नुहोला। आशा छ पुन नेपाल र नेपालीको कल्याणमा यहाको कार्यकाल सफल रहि नेपाललाई सुनौलो युगमा पुर्याउनुहुनेछ।

शुभचिन्तक नेपाल, नेपाली र वर्तमान सरकारको
- चन्द्र कान्त पण्डित
लेखनाथ-१५, कास्की।
२०७३-०८-२९

No comments: