कार्तिक २१, २०७२
१०% को कारण नेपाल अर्ध जिवित नेपाल अधिराज्यको सम्बिधान जारी गर्दा सम्बिधानसभामा भएका ६०१ सदस्यमध्य ९०%सदस्यको हस्ताक्षर गरी जारी गरेको सम्बिधानले विस्वलाई चित्त बुझाएपनि स्यम नेपालीलाई चित्त बुझाउन सकेको छैन। जसको कारणले आज नेपाल अर्धजिवित अवस्थामा गुजृएको छ। नेपाल सरकार अझै स्पस्टका साथ भारतको नाकाबन्दीले देश आक्रन्त भएको छ भन्न सक्दैन। आफै घोषणा गर्छ तर आफ्नो वचन पुरा गर्न सक्दैन। अनि आफ्नो सरकारको पुर्णता दिनको लागि ६ जना उपप्रधानमन्त्री सहित जम्मा २६ सदस्यीय मन्त्रीमण्डल विस्तारबाट सम्बिधान पछि निर्मित सरकार यत्रतत्र आलोचित भएको छ जसरी निवर्तमान प्रधानमन्त्री सुशिल कोइराला आफ्नै दलभित्र र बाहिर आलोचित देखिनुभएको छ। यी दुवै घटना नेपाल र नेपालीको लागि सोभनिय छैनन। यी दुवै व्यक्तित्वलाई सामान्य रुपमा हेर्दा आफ्नो सत्ता र कुर्चिको लागि देश र जनतालाई बन्दक राख्दै आफ्नो स्वार्थ पुर्ति गर्नको लागि जे पनि गर्न तयार भएको पुष्टी भएको छ्। नेपाल सरकारले सम्बिधान जारीगर्दाको ९०% समर्थनलाई आज देशलाई निकास दिएर पुस्टी गर्नुपर्छ। यो दिन आउनमा हिजोको दिनमा सम्बिधान सुझावको लागि जनताको अभिमत बुझ्नको लागि लगिएको तर उनिहरुको आवाजलाई सम्बिधानमा नसमेटिएकोले नै हो। दोश्रो बुदाको रुपमा भारतको नेपाल प्रतिको गिद्दे नजर पनि हो। नेपाल एक स्वतन्त्र रास्ट्र भएकोले यहाका प्रत्यक निर्णय नेपाली दल तथा नेपाली मिलेर गर्नुपर्छ नकि कुनै बाह्य शक्तिको प्रभावमा परी उनिहरुको इच्छा नेपालमा नलादियोस। नेपालका नेताहरुले हिजो ०६२ मा भारतमा भारतिय नेतालाई साचि राखि जुन सम्झौता गरे जसले गर्दा आफ्नो स्थान भारत खोजिरहेको छ। यो उसको नजरमा सहि भए पनि नेपाली चस्माले दोशी नै देख्छ। आफ्नो मान मर्दन राख्नको लागि भारतले गरिराखेको नाकावन्दी तुरुन्त हटाई भारत जसरी आकारमा ठूलो छ त्यसरी नै दिलमा पनि छ भनि नेपालको आन्तरिक समस्या हल गर्न नेपाललाई नै जिम्मा दिनुपर्छ र बाकि विस्वमा भारतको सानलाई उच्च राख्नसक्नु पर्छ। नेपालका दलले जे गरे पनि हामी नै हौ भन्ने हो भने आज मधेशमा जलेको आगो किन निभाउन सकेका छैनन? किन कि प्रतिनिधि र जनताको बिचमा पनि केहि बुझाइमा फरक छ। आजको माग भनेको त्यो ग्यापलाई सुन्यान्तरमा पुर्याउनु हो। ती ९०% जनमत हामीसङग छ भन्ने दलले आफ्ना कार्यकर्तालाई उतारी सदभाव र्याली वा अन्य कुनै तरिकाले वर्तमान समस्याको समाधान निकाल्नु पर्छ र मधेशको नेतृत्वकर्ताले पनि आफुलाई मधेशी मात्र नभनेर आफुलाई नेपाली हुनुमा गर्व गर्नुपर्छ र आफ्नो समस्या समाधानको लागि भारतियलाई गुहार्नु हिजोका नेताले गरेको भन्दा पनि ठूलो क्षति आफैलाई पुग्नेछ र भावी सन्ततीको नजरमा धिक्कारको पात्र बन्नुपर्ने छ। भोलिको क्षतिलाई आझै बुझिदिएमा समस्या तुरुन्त हल हुनेछ। जसले गर्दा सिङ्गो नेपाल अनि भारतलाई पनि फाइदा हुने छ। आजको आवश्यकता भनेको सवैले जित्ने खेल खेल्नु पर्छ जुन चाहि सदभावको हुनेछ। आजको दिनमा नेपाल सरकार छैन भन्दा पनि अलि बढिपुर्वाग्रही देखिएता पनि समग्रमा यो देशको साधारण नागरिक भएर भन्नुपर्दा सरकार छ यसले समस्याको समधान गर्छ भनेर। बजारमा खाधान्नको अभाव छ तर सरकारलाई यसको अत्तोपत्तो छैन। जहातही कालोवजारी बढेको छ। दशै अगाडि रु १२५ पाईने सनफलावर आजका दिनमा व्यापारीले रु २२५ मा बेचिराखेका छन। पेट्रोलको लागि सरकाले लटवाइजका गाडि तथा मोटोरसाइकललाई पेट्रोल पम्पमा गएर पेट्रोल लिनको लागि सुचना जारी गर्यो तर आधा आधि मोटोरसाइकल र गाडीले मात्र पेट्रोल पाएका छन। अरु रित्तो हात आधा रातमा फर्कनु परेको छ।अव सरकार जवाफ देउ गाडी तथा मोटोरसाइकले सवारी कर तिर्नुपर्छ कि पर्दैन? पेट्रोल पाइदैन पेट्रोल पम्पमा तर लिटरको रु ५०० को आसपासमा तिर्दा वजारमा छ्यापछ्याप्ति पाइन्छ। यसको निराकरण गर्ने को? सरकार आफ्नो उपस्थिती देखाउ। शिहदरवार र बालुवाटार मात्र नेपाल होइन।त्यहाको आपुर्तीले नेपालीको भोक र आवश्यकता पुरा हुदैन। खोक्रो रास्ट्रवादको नाराले मात्र हुदैन। यहा जनताले महशुश गर्ने रास्ट्र्वाद चाहिएको छ त्यसको अनुभुति गर्न्न सर्वसाधारणले पाउनु पर्छ। विदेशी मित्र रास्ट्रले भारतिय नाकावन्दीले गर्दा नेपालमा मानवियसमस्या आउन सक्छ भन्ने तर नेपाल सराकर खुलेर् नाकवन्दी हो भन्न सक्दैन।, किन? किन कि उ त्यहि १०% सङग डराइराखेको छ अनि भारतसङग पनि। राम्रो र जनपक्षिय काम गर्नको लागि नडराउ नेपाली तिम्रो साथ दिनेछन। तर तिमिले सुरुकै दिनमा खुट्टा कमायौ, ६-६ जना उप-प्रधानमन्त्री बनायौ तर शैक्षिक योग्यतालाई लत्यायौ। यसैले पनि तिमी लाचार भएका छौ। यसमा होस पुरयाउ।
हिजो राजालाई गाली गर्नेहरु, आज आफ्नो सामर्थ्य देखाउ।०४६को नाकावान्दीमा अहिलेको जस्तो वेहाल भएको थिएन। भोलिका दिनको लागि विकल्प पनि खोज। मधेशको मागलाई पुरा गर्ने क्षमता छैन भने सङ्घियतालाई निलम्वन गरिदिए हुन्छ। वर्तमान सरकरले आफ्नो मन्त्र्मपरिषद गठन गर्दा सम्बिधानको उल्लङ्घन भैसकेको छ। सम्विधानमा उल्लेख भएअनुसार मन्त्रीपरिषद गठन गर्दा 'राष्ट्रपतिले प्रधानमन्त्रिको सिफारिसमा संघीय संसद्का सदस्यमद्धेबाट समाबेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्ने छ' तर वर्तमान सरकारको मन्त्रीपरिषदम २६ जना सदस्य रहेको छ र वर्तमान सम्विधानको खिलापमा देखिएको छ । जहा प्रदेशको कारणले देश आक्रन्त वन्छ, जनता दिनानुदिन पिडित हुन्छन भने किन चाहियो सङ्घियता? देशलाई निकास र विकाश अनि जनतालाई शान्ति र वातावरण चाहिएको छ। आट गर देश अगाडि बढ्ने छ। देशलाई उखानतुक्का, र आकाशमा महल चाहिएको छैन तर आफ्नो झुपडिमा गास, वास र कपासको समधान चाहिएको छ।
नेपाललाई अर्धजिवितको रुपमा नछोड यसलाई पुर्ण सामार्थ्यको साथ जिउन देउ। सवैले आफुलाई नेपाली भएको गरौव महशुश गरुन, रोदन पिडाबाट मुक्ति पाउन, अनि सवै नेपाली समवृद्दीको बाटोतिर लम्कने अवसर प्राप्त गरुन।अनि वर्तमान अर्धजिवित अकस्थाबाट मुक्ति पाउने छ नेपाल र नेपालीले। -चन्द्र कान्त पण्डित लेखनाथ-१५, कास्की |
Sunday, October 1, 2017
१०% को कारण नेपाल अर्ध जिवित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment