Sunday, October 1, 2017

आऊन साथी


    आऊन साथी
आऊन साथी  पढौँ हामी, लेखौँ कथा दामी
परेवीको चित्र कोरौँ, राम्रो रङ्ग भरौँ।
गाउँन पनि थालौँ हामी ,सवै मिलिजुली
आउन साथी सङगै खेलौ, सवै कुरा भुली ।
भोक लागे रोटी खाऔँ, जङ्क फूड होइन
पुतलीको रङग हेरौँ, छुने चाही होइन ।
जाडो भए, तापौँ घाम, आगो छुनु हुन्न
मिलिजुली खेल्न हुन्छ, रुन चाहीँ हुन्न ।
आऊ साथी मिलिजुली , सवै यही वसाँै
मीठा मीठा गीत गाउँदै, कम्मर भाँची नाचौँ ।
 प्रमा पण्डित
कक्षा ३
पशुपति मित्र मावि चावहिल काठमाण्डौँ

No comments: