२०७४-०१-२२
अव नेपालका राजनैतिक दलरुलाई खारेज नै गरिदिए कसो होला? नेपालमा अव ठूला राजनैतिक दलहरु नेपाली जनताका रहन सकेनन। अव यी राजनैतिक दललाई क्रमश नेपाली काङ्रेसको सट्टामा शेरवहादुर दल, एमालेको सट्टामा ओली दल, एमाओवादीको स्थानमा प्रचण्ड दल, अनि राप्रपाको स्थानमा कमल दलको नाम दिए कसो होला? के ने नेपालका दलहरुको औचित्य सङ्घियता र गणतन्त्रको साथसाथै समाप्त भएकै हो त? हैन भने किन दलहरु चुनाव हुनुअगावै आफ्नो समाप्ति गर्दै छन। अव दलका कार्यकर्ताहरु कि त उमेदावार आफ्नो दलको भए पनि नभएपनि आफ्नै दलको चुनावी चिन्हमा मत खसाल्ने छनि कि भने स्वतन्त्र उमेदवारलाई आफ्नो मत खसाल्ने छन। यदि गर्दा दलको विरुद्दमा दलले कारवाही गर्छन भने फेरि ति कार्यकर्ता कुनै नया दल खोल्ने छन या यीनै महान नेताहरु जो सधै आफ्नै परिवार वा पिछुलग्गुममा केन्दित छन तिनका कार्यकर्ताले प्रत्यक वडादेखि केन्त्रसम्म यि महानहरुलाई नेता मान्नै छैन भनि भोटर देखि कार्यकर्तासम्मले दस्तखत गरि बुझाएम अदालतलाई अनाधिकृत रुपमा कारवाहि गरेमा पुर्व राजाको अवस्था आउन सक्छ। यसतर्फ यी महान नेताहरुले आफुलाई नसच्याएमा त्यो दिन आउन अव धेरै टाढा छैन। यसतर्फ सचेत हुन नेतादेखि कार्यकर्ता सम्म अनि कुनै सरकारी कार्यलयमा काम गर्ने कार्यलयसहाएक देखि मुख्य सचिवसम्म, त्यस्तै सामान्य प्रहरी देखि आइजिपी सम्म, सामान्य सेना देखि सेनाध्यक्षसम्म, वकिल देखि प्रधानन्यायधिशसम्म सवै होसियार हुनै पर्नै छ किनकि तपाइले खसालेको मतको आधारले बनेको नेता भोलिका दिनमा तपाई माथि नै खनिनेछ। किनकि तपाई सुदुरपस्चिमको होला तर प्रधानम्न्त्री सुदुर पुर्वको। अनि कसरी बन्ला तपाइको पदोन्नति। अव नेतालाई त्यागेर् नितिको , दललाई त्यागेर देशको भलाईतर्फ लाग्ने बेला आएको छ। नेतागण सावधान! हो तपाइहरुले ल्याएको निति ठिक भएको भए आज नेपाल र नेपालीको दुरदशा हुनेथिएन। हिजो चप्पल पड्काउने नेताको बङगला छ, गाडि छ, बैक ब्यालेन्स छ, छोराछोरी कि विदेशमा कि उच्च राजनैतिक नियुक्तिमा कि दलको कुनै न कुनैदलिय पदमा छ तर विचारा जनता भोको पेट, नाङ्गो शरीर, शरीरमा गोलिका छर, मानसिक सन्तुलन गुमाएको अवस्था, मरे जिउदको निर्क्यौल नभएको अवस्था अनि मरेकाको पनि वर्षौसम्म अण्तेस्टी नभएको अवस्थामा जनताले के बुझ्नु। सावधान नेपाली जनता तपाई मालिक हो र नेता तपाई हाम्रा सेवक हुन। सेवागरिरहुनजेल नेता मान्नुपर्छ तर नेपाल र नेपालीको कुभलो गरी आफुलाई मात्र स्वघोशित नेता मानेमा देशका मालिकहरु सडकमा आफ्नो आवजसहित नेपाल र नेपालीको कल्याणमार्गमा पुर्याउनको लागि सेवकले के गर्नुपर्ने हुन्छ त्यसको बाटो देखाइदिनेछ्न। त्यो बाटो मालिकले देखाउनुभन्दा अगावै सतर्क हुनको लागि सम्पूर्ण दल र तिनका सिर्शस्थ नेतागणलाई अनुरोध। जो बिचार । मैले देखेको भविश्य कोरिदिए, रिसानी माफ किनकि यो मेरो लागि होइन तर नेपाल र नेपालीको लागि हो। |
Sunday, October 1, 2017
अव नेपालका राजनैतिक दलरुलाई खारेज नै गरिदिए कसो होला?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment