२०७४-०२-१८
श्रीमान आदरणीय श्रीसस्थ नेतागण तथा अन्य नेतागणहरु,
नेपालका राजनैतिक दल, नेपाल ।
म एक सामान्य नागरिकको हैसियतले भन्नुपर्दा र देशमा 'भैरहेका घटनाहरुलाई केलाउदै गर्दा नेपालमा असल नेताको अभाव भएको देखिएको छ। नेताज्यूहरु देश र देशवासीहरुलाई केन्द्रमा राखेर कार्य गरेमामात्र तपाईहरु महानहुनुहुनेछ अन्यथा तपाइहरुलाई भोलिका दिनमा राणा र बिगतका राजालाई गालीगर्दै आफ्नो राजनैतिक हैसियत गुमाउनुपर्ने छ। त्यसैले यसमा सजग हुनुपर्ने देखिन्छ।
त्यस्तै गरि हिजोको दिनमा राणालाई र राजालाईइ जहानिया र निरङ्कुस भन्दै गर्दा वर्तमानका सम्पुर्ण श्रीसस्थ नेताले स्थान राख्न सक्नुभएको छ कि छैन त्यतातर्फ पनि ध्यान दिने हो कि। हिजोको दिनमा राजाको छोरो राजा हुने थियो भने अहिलेको सङघिय गणतन्त्र नेपालमा पनि आफ्ना सन्तानलाई एक ठाउबाट सम्सदिय चुनावमा हारेपनि अर्को स्थानको नगर प्रमुखमा उठाइरहदा आफैले बोल्ने गरेको शब्दमाथि अन्याय भएन र ?
नेतागणज्यू मैले पनि यस सम्बिधान घोषणा हुदाको समय देखि नै सम्बिधानमा लेखिएका वुदालाई केलाउदै गर्दा कति स्थानमा अस्पस्टता छ भने मेरो विवेकले त अ्मानविय भन्ने गरेको छ । यदि कहा के भनेर बुझ्ने कोसिस गरेमा म बताउने छु। यति हुदा हुदै पनि मेरो देशको मुल कानून हो र मान्नुपर्छ भनेर चित्त बुजाएको छु।
नेतागणज्यूहरु तपाइहरु समानताको कुरा पनि गर्नुहुन्छ, यसको साथै देशबाट प्राप्त सुविधाहरु आफैमा राख्ने, सधै मन्त्री, प्रधानमन्त्री, राजदुत, दलका मुख्य पदहरु र अधिकार आफैमा सिमित गर्ने, अनि ठूला भाषण पनि आफै गर्ने देश र देशवासीलाई सधै अन्योलमा राख्ने गरिएको छ। यतातर्फ पनि ध्यान दिनको लागि अनुरोध गर्दछु,
यो देश नेताको नहुन सक्छ किनकि रास्ट्रीयताको सवालमा सत्तामा हुदा ल्म्पसार र सत्तावाहिर हुदा उग्र रास्ट्रवादको नारा लगाइएको देखिएको छ। देशमा अप्ठ्यारो पर्दा नेतागणहरु देश भन्दा बाहिर जानसक्ने, अन्य अप्ठ्यारो अवस्थामा नेताको घरमा छ्यालफ्याल सरवसाधरणको घरमा अभाव हिजोको भुकम्प, भारतिय नाकावन्दी आदिको अवस्थामा नेपालीहरुले महशुश गरिसकेको छ्न। यतातर्फ पनि ध्यान दिने कि।
व्यक्तिको अन्त्यले केहि क्षण अभाव खड्कन सक्छ तर आफ्ना रास्ट्रको अपमानले सधै पिडित भैरहेको देखिन्छ। नेपालमा रहेका एनजीओ र आएनजी ओ मा नेपालीलाई दिने ज्याला र विदेशिलाई दिइने ज्यालालाई पनि हेर्ने हो भने त्यो विभेदिकरणको अन्त्य कसरी गर्न सकिन्छ त्यता पनि एक नजर दिने होकि? त्यस्तै गरि विदेशमा रहेका नेपाली मजदुरलाई पनि अन्यमुलुकका श्रमिकले पाउने ज्याला वरावरको लागि पनि कुटनैतिक पहल गर्ने होकि।
नेपालमा रहेको राजनैतिक समस्या भन्दा पनि व्यक्तिभित्र भरिएको दासत्व् र सामन्तिपन नै आजको समस्या हो। नेपालीलाई पराधिन होइन, सवल, आत्मनिर्भर, सफल नागरिक बनाउनु पर्छ। सुकुम्वासीलाई जग्गा होइन सरकारले आवसिय भवनको निर्माण गरि उनिहरुलाई रोजिरोटीको लागि उध्योगधन्दामा रोजगारीको व्यवस्थापनतिर लाग्नु पर्ने पर्छ । चुनावको वेलामा निर्विरोध वनाउन सकेमा मात्र चुनावी तालमेल गर्दा हुन्छ तर जनतालाई भोटैराख्ने अवस्थामा अप्राकृतिक गठवन्दन गरि कार्यकर्ता तथा मतदातालाई अप्ठ्यारो नपारिदिए कसो होला?
हिमालको भोटेदेखि मधेसको मधेसिले अक आपसमा आत्मियता कायम गराई चुनावमा होमिने वातावरण तयार पार्नेपर्छ। भरतपुरमा भएको मतगणनाको समस्याको समाधान निकाल्नु पर्छ। देवी र रेणु जो कसैले जित्दा पनि आकासै खस्ने होइन। नेतागणहरु सावधान हुनुपर्ने देखिन्छ किनकि मानव र नेपाली दुवै नया बाटोको खोजिमा छन जसको प्रमाणको रुपमा काठमाण्डौ मनपाको प्रतिसप्रधी रन्जुदर्शानाले देखाइसकेकि छन।
प्राय चुनाव हिजोको र अहिलेको परिणाम उल्टो भएको छ्। देशको राजनिति नेपाल र नेपालीको लागि भएकोले तपाइको अनुपस्थितिमा पनि देश सहज अगाडि बढ्न सक्छ र बढिरहेको। वर्तमान र भुपु प्रधानमन्त्रीहरु जुहारी होइन देशलाई निकाशको बाटोदिनुहोला। फेरि बुज्नुहोला हतियारको शक्ति भन्दा विचार वलवान हुन्छ। हतियारमा खिया लाग्नसक्छ तर विचारले शक्ति पर्दान गर्छ।
अन्तमा सवै नेपाल र नेपालीको भलो हुने कार्यमा एउटै मालामा गाभिएको नेपाललाई समुन्नत वनाउन स्वरमा स्वर मिलाएर अघि बढ्न अनुरोध गर्दछु। अन्यथा वर्तमान सम्विधान पनि कागजको खोस्टोमा परिणत हुनेछ। वर्तमान समस्या अहिल्य नै हल नगरेमा कहि कतै लुकेका फाइलहरु कुनै कतै कुनबाट चियाइरहेका छ। समय वलवान छ र त्यही समयले स्थान तोक्ने दिन न आओस यहि मेरो कामना।
रिशानी माफ।
चन्द्रकान्त पण्डित
पोखरा लेखनाथ -३२, कास्की

No comments:
Post a Comment