Wednesday, October 4, 2017

नेपालीहरुको हेर्ने दृस्टिकोड गलत छ

२०७४-०६-१७
नेपालीहरुको हेर्ने दृस्टिकोड गलत छ । हिजोको दिनमा नेपाली काङ्ग्रेसंग एमाओवादीले चुनाबी तालमेल गर्दै गर्दा पनि विवाद नै थियो ।सधै रुखमा भोट खसाली राखेका कार्यकर्तालाई अपठ्यारोमा पारेको अवस्थामा सही र आज टुटेफुटेका नेपालका कमन्युस्ट दलहरु एकै ठाउमा उभीदा नेपालीहरुले टाउको दुखाउन पर्दैन ।बरु भन्न सक्नुपर्छ तिम्रो एकता अमर रहोस र नेपाल र नेपालीको लागि कोशेढुङ्गाको रुपमा कार्य गर्न सकोस । नेपालीहरुले बुझ्नै पछ कि फुटमा हार र एकतामा जित भनेर । हिजोको दिनमा एमाले, एमाओवादी, नेपाली काङ्ग्रेस फुटेर चुनाव लड्दै गर्दा उनिहरुको आकार 'किन चामृस मरिच आफ्नै पिरोले' भनेजस्तै थियो र इतिहासले प्रमाणित गरिसकेको छ । भित्री कुरा जे भएतापनी बाहिरी समाजले हेर्दै गर्दा एमालेले प्रधानमन्त्री र मन्त्रीहरु प्राय दोहर्याएका छैनन तर नेपाली काङ्ग्रेस भने नेपाली काङ्ग्रेसका र्यकर्तालाई आफ्नो पेवा सम्ज्दै दलका नेताहरु आफुमात्र ठिक र अरुलाई दोशी देख्ने चस्मा हिजो गिरिजा देखी वर्तमान देउवाले क्रमभङ गर्न सकेका छैनन । दलको अधिवेशन हुन्छ तर दलको पुरा कार्यसमिती अर्को अधिवेशनसम्म पनि गराउन नसक्ने तर अरु दलले एकिकृत गर्दै गर्दा उहाहरुको एकतामाथी कटाक्ष गर्नु न्यायोचित देखिदैन । 

नेपालका दलहरुले अरुले के गर्छन भन्नु भन्दा पनि आफ्नो योजना बनाई जनपक्षिय कार्य गर्नुपर्छ । धेरै दलको बिगबिगिले स्थाई सरकार वन्न सकेको छैन ।देशमा राजनैतिक परिवर्तन भएको छ, केहि सिमित नेताको जीवन स्तर वाहेक अन्य नेपालीको स्तर वृद्दी भएको छैन यद्द्पी केहि विकासका कार्यहरु भने भएको छ । शिक्षा,सडक्, र स्वास्थ्यमा भने परिवर्तन भएता पनि नेपाल र नेपालीको आरथिक परिवर्तन हुन सकेको छैन । अव यसलाई अगाडी बढाउन पर्छ । एकता अमर रहोस र अरु बाकी दलहरु एकाता प्रति कटाक्षा गर्नु भन्दा आफुलाई सुधार गरेर नेताका मान्छे भन्दा जनपक्षिय उमेदवारलाई टिकट दिनोस नेपाली जनाताले तपाइहरुको सही मुल्याङ्कन गर्ने छन ।नेपालीहरु दृस्टी भ्रम बाट मुक्त हुनुपर्छ । जय होस नेपाल र नेपालीको!

No comments: