२०७४-०१-२३
सम्माननीय, माननीय, आदरणिय नेतागणहरु क्र्मश: प्रचण्ड, शेरबहादुर, के पी ओली, कमलथापा लगयात सम्पुर्ण शिर्सस्थ नेतागणहरु १. तपाईहरुले आफुलाई यो देशको मालिक मान्न छोडेर सेवक हु भन्ने भावाना राख्दै कार्यन्वयन गर्नुपर्यो। २. यो देश तपाइ लगायत सम्पुर्ण नेपालीको हो र तपाईहरु आफ्नै विर्ता नसम्झनुहोला किन कि तपाईको अनुपस्थितिमा पनि यो देश हिजो पनि थियो आज पनि छ र भोली पनि रहिरहने छ। ३. बि पि कोइरालाले देशलाई अप्ठ्यारो पर्दा नेपालको माटो हातमा राखेर प्रश्न गर्नोस जे आत्माले उत्तर दिन्छ त्यहि गर्नोस भन्नुभएको थियो र त्यो बिचार मलाई मनपर्छ् यदि तपाईहरु नेपाली हो भने यो बिचार तपाईहरुलाई पनि मन पर्ला। यदि मन पर्छ भने देशले निकास पनि पाउछ। ४. तपाई नेताहरुको सहमतिमा ल्याइएको सम्विधान सारा नेपालीलाई समेट्न सकेको छैन र तपाइको विचारलाई पनि किन कि एक जना आइजिपिको प्रमोसनमा यो हुनुपर्छ भनि किटान गर्न नसक्ने, अनि एक जना प्रहरी आफुलाई अन्यायमा परे भनि अदालत पुग्दा प्रधानन्यायधिशलाई नै महाअभियोग लगाउने अधिकार कसले दियो। महाअभियोग लगाइरहदा त्यहा मेरो प्रतिनिधिले पनि हस्ताक्षर गरेको हुनसक्छ। यदि त्यो अभियोग् लगाउनु थियो भने किन सामान्य भोटरले सुइको समेत पाएन । अझै लाजमर्दो कुरो त त्यहि सरकारमा रहेका उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीले समेत थाहनभएको कुरा भन्दा के भन्ने? रिसको आवेगमा भोलि कतै नेपालनै बेचिदिन्छु भन्ने दिन पनि आउन सक्ने देखियो। यसमा नेतागण सावधान हुने कि हामी भोटर। ५. भन्ने वेलामा समानुपातिक हुनुपर्छ भन्ने अनि नेताका सन्तान र आफन्त सभासदमा हारे पनि बिरालोले बच्चा सारे झै पद सार्दै मेयर उपमेयर पनि उनि नै हुने भए किन चुनाव गरि खर्च गर्ने। त्यहिबाट भागबाण्डा गरेको भए चु्नावी खर्चले कमसकेम २-४ वटा ठूला पुलहरु बन्ने थिय। हैन भने किन कार्यकर्तालाई बलिको बोका बनाइदै छ। ६. आज २१ वर्षे रन्जु दर्शनाले स्याल बहादुर, फुस्स भन्दै ललाटीरहदा हिजोको २०औ हजार मानिसको हत्या चाहे जो कोहि बाट भएको होस त्यो न्यायोचित थिएन भन्ने कुराको पुस्टी हुन्छ, हैन र? त्यो हत्याको समयमा पनि अहिलेकै समाजमा देखिएका विसङगतिको वारेमा , भ्रस्टाचारको वारेमा, नातावाद, परिवारवाद, आफन्तवाद आदि यस्तै, यस्तै मुद्दाहरु थिए र आज पनि छन। परिवर्तन खोइ? हिजो राजा निस्कदा ८-१० गाडिको विचमा आज प्रचण्ड लगायत अरु नेतागणहरु देखिनुहुन्छ। चित्त तपाईहरुको दुख्छ, आफनै आत्मालाई सोध्नोस आज नेपालीले के पाएको छ। केहि फरक छ हिजोको दिनमा नेपाली युवाहरु भारतमा कान्छा भएर काम गर्थे , आजको युवा अरवमा काम गर्दै छ र उच्च पद्स्थहरु सुन तस्करमा देखिन्छ, सुन तस्करलाई तह लगाउन खोज्ने प्रहरीलाई घोक्रेठ्याक लगाईण्छ। ७. तपाइहरु आफुलाई जति महानठान्नु भएको छ नि जनताले त्यो तपाईलाई सोचेका थिए तर आज छैन किन कि एक असल नेताको आफ्नो सिङगल परिवार हुदैन र उसले सारा देशवाशिलाई आफ्नो घर र परिवार मान्छ। चाणक्य त्यसै भन्थे र मलाई पनि त्यस्तै लाग्छ। हैन भने किन नेतागणहरु कहिले सेना, कहिले प्रहरी, कहिले न्यायधिश, कहिले क्रमचारी, कहिले जहाज खरिदबिक्री, कहिले राजदुत आदिमा विवाद देखिन्छ? किनकि तपाईहरुको हेराई, सम्विधान, र तपाइको सोच नेपाल र नेपाली प्रति सकरात्मक नहुनुनै हो? हैन भने हिजो तपाई सडकमा हुदा उठाएका मुद्दाले आज किन तपाईनेतागणलाई जिस्काइरहन्छन? सुध्रनेवेला अझै छ, समयमा होस गर्नुहोला। चुनावी तालमेल जे गर्दैहुनुहुन्छ त्यो पुर्णरुपमा अप्राकृतिक छ। जव यो देशका मालिकहरु सडकमा खालीखुट्टा लिएर आफ्नो दविएको आवाजसाथ आउछन, त्यो वेलामा यो देशका सेवकहरुलाई सहि गन्तव्यमा पुर्याइदिनेछन अनि अनिहरुको श्रवण शक्ति पनि त्यहि मालीकहरुको आवजले क्षय गरिदिनेछन। यो मेरो अन्तसकरणको आवाज हो। तपाईहरुको चित्तदुखे पनि धैर्य गर्नु होला किनकि तितो सत्य यहि हो। चन्द्र कान्त पण्डित |
MAY 4
No comments:
Post a Comment