२०७४-०५-२३
बिचित्रको 'म'
आज शिक्षा दिवस २०७४ को उपलक्ष्यमा शिक्षा पुरस्कारबाट पुरस्क्रित हुने मित्रहरु अनी बिधावारीधिबाट सम्मनित हुने सवै चेतनका पुन्जहरु प्रर्ती बधाई तथा प्राप्त उपलब्धिको जीवनमा सधैं उपयोगी बनिरहन सकोस भनी कामना।
आज 'म' को बारेमा दिमागमा कुतकुती खेल्न लाग्यो र सोध्न थाल्यो को हो त्यो 'म' ? जहातही पुग्छ आँफै सर्वेसर्वा ठाण्द्छ। हेर्दा लुरे मरयान्चासे देखिन्छ तर विश्व जित्ने घमण्ड गर्न छोड्दैन। कक्षा कोठामा मनै भन्छ, स्टेजमा नि 'म' नै भन्छ, चियापसलमा नि 'म' नै भन्छ , न्यायलयमा नि 'म' नै भन्छ , सरकारमा नि 'म' नै भन्छ प्रहरीमा नि 'म्'नै भन्छ जताततै 'म' नै म । राम्रो जती सवै 'म' नराम्रो जती सवै अरुलाई । कस्तो गजव छ बा त्यो 'म' । खासै भन्नै पर्दा को हो त त्यो अहङ्कारले भरिएको 'म'?
जो जहाँ बोल्छ त्यो नै हो 'म' । कती अहङ्कारी छ त यो वा त्यो 'म'। एउटा काम उ गर्छ त्यो ठीक हुन्छ तर त्यही काम गर्छ त्यो 'म' गलत देख्छ। प्रसँग रह्यो शिक्षक र शिक्षक नेताको अनी स्थाई र आस्थाई शिक्षकको । जव एक शिक्षक एउटा तहबाट अर्को तहमा फड्को मार्छ उसले खोल तर्दाको लठ्ही विर्सन्छ र आफ्ना तर्कहरु कुनै वार्तामा शहज रुपमा प्रस्तुत गार्न सक्दैन किनकी उ भित्र 'म' भरिएको छ। आन्दोलन हुन्छ एक कसैले नेत्रित्व गर्छ केही उपल्ब्धी पनि हासिल हुन्छ अनी भन्न थाल्छ कि मेरो नेत्रित्वोको कारणले यती उपलव्धी भयो भनेर। उु विर्सन्छ कि त्यो नेत्रित्वो सामर्थ्य 'म' मा होइन समुह वा 'हामी' मा थियो भनेर। नत्र हिजोको त्यो शक्तिशाली 'म' आज किन टागामुनी पुच्छर राखिहिड्थ्योहोला ?
सरकारसँग जताततै 'म' भन्ने 'म' निरिह हुन्छ र भन्न्न थाल्छ अरु कही कतै नभएको शिक्षकले पाउछ कसरी भनेर । उसले भन्न सक्दैन २० औ हजार मान्छे मर्दा आन्दोलनको नेत्रित्व गर्ने वय्क्ती देशको प्रधानमन्त्री वा मन्त्री वा राष्ट्रपती बन्न सक्छ , प्रहरी र सेनाका व्यारेक धोस्त पार्ने लदाकुहरु नेपाली सेना र प्रहरी बन्न सक्छन भने कक्षा कोठामा गई शिक्षण पेशामा लागेका शिक्षकका विधार्थिहरु विध्यावारीधी लीसकेका छन, तिनैका विधार्थिहरु देशका मन्त्री , प्रधा नमन्त्री बनी सकेका छन भने आस्थाई शिकलाई स्थाई बनाउन केले रोक्छ?
यदी कुनै कानुनले रोक्छ भने तसको परिवर्तन गर्ने काम सरकार को हो भने त्यहा दवाव सिरजना गर्ने काम शिक्षक तथा शिक्षक नेत्रित्वोको हो। नकी कुनै 'म' को। केवल 'म' अपाङ्ग हुन्छ र 'म' एक्लैले केही गर्न सक्दैन ।
यदी कुनै कानुनले रोक्छ भने तसको परिवर्तन गर्ने काम सरकार को हो भने त्यहा दवाव सिरजना गर्ने काम शिक्षक तथा शिक्षक नेत्रित्वोको हो। नकी कुनै 'म' को। केवल 'म' अपाङ्ग हुन्छ र 'म' एक्लैले केही गर्न सक्दैन ।
शिक्षकले पाउदै गरेका सुविधाहरु आन्दोलनबाटै प्राप्त भएका हुन भन्दै गर्दा यसैमा घमण्ड गर्ने स्थान छैन किनकी २०५२ सालमा लिएको शिक्षाकको परिक्षाको धन्यै एक द्दशकसम्म नतिजा नदिदा शिक्षकको नेत्रित्व कहाँ थियो र त्यही नेत्रित्वो स्थान पाउदा 'म' भन्दै घमण्ड गर्न छोड्दैन। कस्तो छ त त्यो 'म'? बिचित्रको।
अर्को प्रसँग रह्यो शिक्षकका संघ सङगठनहरु आफुलाई प्रजातान्त्रिक छु भन्छन, समय छदा निदाउछन अन्तिमचरणमा बिउझण्छन र व्हिप जारी गर्दै भन्छन आज जसरी नि अधिवेशन गराएरै छाड्छु भनेर र गराउछन पनि। कुनै पदमा उमेद वारी नै नदिएको एक सदस्यलाई अर्को पदमा उमेदवारी दिएका सदस्यलाई हटाइ अधिवेशन सम्पन्न भएको घोसडा गर्छन् अनी गौरवकासाथ साथ फेरी 'म' भन्न पुग्छन । विचारालाई के थाह प्रजातन्त्र भनेको, अधिवेशन भनेको तर पनि बारमासे जुवाडेजस्तै सदावार नेता।
फेरी अर्को प्रसँग पनि शिक्षककै। समुहले आन्दोलन गर्छ नेताले नेत्रिव गर्छ फेरी पनि त्य्हा एक जना 'म' नेतालाई सातवर्श आस्थाई सेवा अवधी गन्दा त्यो 'म' को पेन्सन हुदोरहेछ तर उसले सोचेनकी सात वर्श एक दिन आस्थाई सेवा अवधी पुगेकोले पेन्सन पाउदैन किनकी त्यो 'म' नेतालाई अर्को निरिह शिक्षकको के मतलव हुन्छ मागको लागि हो भनेर । बिद्रोही लडाकु सेना प्रहरी हुन सक्ने , नेता प्रधानमन्त्री, मन्त्री वा राष्ट्रपती हुन सक्ने शिक्षाकको आस्थाई सेवा अवधी गदना हुन किन नसक्ने किन शिक्षकको नेताले भन्न सक्दैन आस्थाइ शिक्षकको सम्पुर्ण् आस्थाइ सेवा अवधी स्थाई भएपछी गडना गर्नुपर्छ भनेर? किन कि 'म' भन्नेवाला सँग न विचार छ न उु समुहको भलाइको लागि विचार नै उठाउन सक्छ किन कि उु मानसिक रुपमा कमजोर छ।
त्यस्तै गरी शिक्षा मन्त्रालयमा रहेका उच्च पदस्थ कर्मचारी वा मन्त्री पनि शिक्षाकलाइ दिनुपर्दा आफ्नै घरघडेरी नै दिनुपरने जस्तो गर्ने तर आफुले उपभोग गरेको सुविधा शिक्षाकलाई दिन हिचकिचाउने प्रव्रिती पनि 'म' र 'मेरै' को अहङ्कार हो। जव 'हामी' जुरमुराउछन अनी अहङ्कारी 'म' को कुनै स्थान हुने छैन ।
यो 'म' बडो बिचित्रको छ । अरुलाई गन्दै गन्दैन तर , जहाँ, जेमा पनि 'म'नै भन्ने गर्छ। फेरी सदावार नेताले आफु चुनावी प्रतिस्प्राधामा भाग लिएको कुरो पनि विर्सदो रहेछ र गौरवकासाथ भन्छ मैले कतै भागै लिएको छैन भनेर। कतै विर्शने रोग त लागेको होइन । जेहोस जहाँ ह्होस् 'म' आँफैमा घम्ण्डी छ । यसलाई सवैले बुझ्नुपर्छ तर बिगतका राजारानीले जस्तै त होइन नि। केही फरक तरिकाले ।
No comments:
Post a Comment