२०७४-६-१३
अनामिका
जव मैले नेपाली उपन्यास 'अनामिकको' विमोचन भएको थाह्पाए, मलाई कहाँ पाइन्छ होला भनेर मनमा खुलदुली बढदै गयो र यसका लेखक जीवन पण्डितसङ्ग सम्योग वस भेट पनी भयो । उहाको अनुसार प्रगती पुस्तक पसल बागबजारमा उपलव्ध छ भन्ने । म त्यहाँ पुगे तर पुस्तक आएको रहेनछ। अर्को दिन पुगे र अनामिकाको वारेमा सोधे । पुस्तक पसलेले दिनुभयो मुल्य हेरे ३५० लेखिएको रहेछ मलाई रु३०० दिनोस भन्नुभयो । मैले यसका केहि पेजहरु मेरा वच्चाहरुलाईइ फुलपाती देखाउन वसन्तपुरमा लगेको थिए केहि समय बाकी रहेकोले त्यहिबाट पढ्न सुरु गरे । जव पढ्दै गए म त आफ्न भिर पखेरी र आफु वाल्यकालमा हुर्केको स्थानको पनि याद दिलायो । मैले लेखकलाई मनमनै टक्राए धन्यवाद। मैले पढ्दै जाद रोकिन पर्ने स्थान कही भेटिन । सरल छ, यथार्थमा अधारित छ । वर्णन सुन्दर छ, लेखक पुरै खारिएको लेखकको रुपमा पाएको छु । कही कतै केहि शव्दहरु जस्तै सांघुको ठाउमा साधु भएको देखे । सिर्जन शिल्, सजिव्, रोमान्टिक्, वस्तुपरक्, सामजिक विकृतिको यथार्थता र महिलालाई खेलौनको रुपमा उतारि दिदादिदै पनि सवै पुरुषहरु महिलालाई खेलौना मात्र सोच्दैनन र महिलालाई सम्मान गर्ने पुरुषहको रुपमा भाइजी र उनका घरका सदस्यहरु सवै महिला वा पुरुष असल देखाइएका छन । मलाई लाग्छ यदी यो उपन्यास जीवन पण्डितको स्थानमा कुनै सेलिब्रेटिले लेखेको र विमोचन गरेको भए बिमोचनकै दिन यसले ठूलो चर्चा पाउनेथियो तर विश्वास छ यसले केहि समय पछि भए पनि अवश्य पाठक पाउने छ र लेखकलाई अरु लेख्ने हौसला वृद्दी गर्ने छ ।
मानिस जन्मन्छ, जीवन जिउछ र अन्तमा जीवनलीलाको समाप्त गर्दछ । जीवनको भोगाइकै क्रममा मानिसरु आफ्नो इच्छा अनुसार आफ्नो जीवन सफल बनाउन चाह्न्छन र त्यसैको खोजिमा भौतारिएका हुन्छन । अनामिका नाम दिइ लेखिएको नेपाली उपन्यास जीवन पण्डितबाट रचिएको छ । यस उपन्यासलाई २६५ पेज र ११ भागमा लेखिएको भएतापनी एक बसाईमानै पढ्न सकिने र प्रत्यक भागको सुरु र अन्तेको शब्दहरु पाठकको मन तान्न सफल छ भने प्रकृतिलाई कास्कीको रुपाकोट देखी तनहुँको दुलेगौडा हुँदै बम्ब्बै सम्म शब्दमा उतार्न लेखक सफल देखिन्छन । जसले जीवनलाई देखेको छ र चिनेको छ, यो त उपन्यास नभएर आत्मबृतान्त नै हो कि भनि झुक्काइदिनसक्छ किन कि अनामिकाको मुख्य पात्र नेपालको जीवन र बम्ब्बैको बिजन एकै पात्र जसले तर्फ रेल बम्ब्बै को यात्रा गर्दै गर्दा मिठो सपनामा डुब्दै गरेकी युवतिलाई उनको आकर्षक जिउ, सहयोगी पनले ठूलीको मन जित्न सफल हुन्छन , लाहुरेबाको हातबाट बेचिनबाट पनि बचाउछन ।
सरर उपन्यास पढ्दै गर्दा यहाँ त लेखक चुकेका छन कि जस्तो लाग्दैन यद्द्पी लेखकले सृजना गरेको कान्छी बहिनिको काखमा रहेको वच्चाको उमेर अलिक सुहाउदो हैनकी जस्तो लाग्छ । किनकी उनि बम्ब्बै तिर लाग्दै गर्दा ठूलीको कान्छो बहिनी ११ वर्षको मात्र थियो र ५ वष पछी फर्केर आउँदा खुदी खोलामा वच्चा च्याप्दै गिटी कुटेको देखाउदै गर्दा अलि समयले मेल खाएन कि जस्तो लाग्छ । हुन त १२-१३ वर्षका केटीहरुले वच्चा जन्माएको पनि सुनिन्छ । लेखक अलिक बढी निरासावादी भएको देखिन्छ । जती सहज रुपमा यस उपन्यासकी मुख्य पात्र ठूली, बम्ब्बैको यात्रामा यात्रा रेलभित्र गर्दै हुँदा कान्छी, लाहुरे बाको उनिप्रतिको गिद्दे नजर्, बिजनको एक सहशिक कार्य, कान्छिले आफ्नो शरिर सुम्पन्न खोज्दै गर्द्दा पनि केहि हदस्म्मा रोके पनि अन्तमा उनिको शरिरबाट छुटेको यौनिक वास्नामा चुर्लुम्म हुनु यद्दी उनले कान्छिलाई बहिनिको स्थान दिन खोज्दै गर्दा, त्यसको निरन्तरता दिन नसक्नु र उनको जवानीमा जुन घरमा उनको शरणको लागि लगेका थिए त्यही घरमा घरका सदस्यको अनुपश्थितिमा , त्यही घरमा क्रिडामा डुब्नु अलिक न्यायोचित देखिदैन र उनले आफुलाई समाल्न असमर्थ भएको देखिन्छ । हुन त भनिन्छ नि आमा सत्य हुन तर बाउ भने विश्वास मात्र हो । कही कतैशरणको लागि लगेका थिए त्यही घरका सदस्यलाई गुम्राह्मा राखी यौन लीलामा लाग्ने अनि गर्भमा रहेको भ्रुणको ट्याब्लेटको सहायतामा हत्या गर्दै गर्दा बिजनको शुरुमा देखाएको महानता केवल आडम्बर मात्र भएको देखिन्छ ।
बिजनसँगको रुपाले गरेको बचनवद्द्ता अन्तसम्ममा उनि अटल देखिन्छन र भाइजीले बिहेको प्रस्ताव राख्दै गर्दा पनि उनिले महल्, धनसम्पतीलाई नहेरी उनले आफ्नो प्रेमलाई खोज्दै हिडिन्, यसले गर्दा उनि महान छन । जब जिबनले उनको प्रेमको निशानी रुपाको गर्भमा रहेको भ्रुणको हत्या ट्याब्लेटको माध्यमाबाट गराउछन नि अनि लाहुरे बा र उनि बिचको अन्तर केत? आखिरमा लाहुरे धैरै पैसा कमाउने प्रलोभनमा पारि छोरी समानका एक युवतिलाई निद्राको स्वाग पार्दै उनका हात नितम्बमा पुर्याउनु र यौन लीलामा लाग्न प्रेरित गर्नु र जीवनले भ्रुण हत्या गराउनु उहि पुरु सशतात्मक आडम्बर नै छर्लङ्गिन्छ ।
यहाँ नेर जीवनले प्रहरीको सहयतामा लाहुरेबालाई कार्बाही गरी जति महान प्रमाणित गरेका थिए नि यहाँ आएर अनि त्यती नै निच भएका छन किनकी उनले प्रेमको निशानि मात्र नभएर एक जिवको हत्या गरेका छन भने बिचारा कान्छी लाचार भएर आफ्नो मायको चिनोलाई आफ्नो गर्भमा हुर्काउन सकिनन किन कि उनमा पनि प्रेममा अडिग भए पनि सङ्घर्षको बाटोमा उनि चुकेकी छन चाहे त्यो आफ्नो भ्रुणको सम्रक्षण होस चाहे त्यो शाहु बाको छोराले आफ्नो बहिनिलाई बलत्कार गरी सेती नदिमा फालेको वा कान्छी बहिनीलाई बिनोदले बलत्कार गरी भुडी बोकाइ गनमनेलाईइ आफ्नो भन्न लगाएको देख्दा रुपा एक नारी हुन सहन सक्नु पर्थ्यो सहिन तर उनिले नारी काली, दुर्गा, चामुण्ड पनी हुन भन्ने कुरा विर्सिन । लेखक पनि यही नेर चुकेका छन । देश अगाडी बढिसकेको र देशमा प्रजातन्त्र आएको । कतै पन्चायत कालको दङदङ्गी त बाकी होकी जस्तो देखिन्छ । यहाँ लेखकले रुपालाई एक विद्रोही पात्रको रुपमा देखाउन सक्नुपर्नेथियो तर यहाँ उनि चुकेका छन । हुनसक्छ लेखकले आफु दोशी भएको देखाउन उनको दुर्घटनामा परी आखा गुमाएको र पुरै होस गुमाएको र पुरानो कुनै याद्नभएको र नयाँ घरवार जमाइ बसेको ।
लेखक अलिक निरसावादी देखिन्छन उनको पात्र जीवन बोल्छ कि काम गर्ने जागर पनि त्यती छैन किनकी उनि भन्छन उनि अपाङ्ग भएर उनको कार्यको मुल्याङ्कन भएको छैन भनेर । यस उपन्यासभित्र लेखकले पुर्विय दर्शन मुख्य त गिता , महाभारतका केहि प्रसङ्घरु जोडेर यसलाई एक सफल उपन्यास बनाउन भरमझदुर प्रयास गरेका छन र प्रसँग पनि मिलाएका छन । तर जव उनि गिताका कुरा पनि बोल्छन अनि आफ्न्नो अप्पाङ्गताको कारणले कार्यालयले मुल्याङ्कन सही गर्दैन भनेर । गितामा भनेको छ कर्म गर तर फलको आशा नगर । कतै अरुलाई उपदेश दिन प्रयोग गर्ने तर आफैमा पर्दा अन्यायको महशुश गन्रे । जति कल्पनामा सुन्दरता छ यस उपन्यासमा त्यती नै सङघर्षको पाटोमा चुकेको छ । चाहे त्यो कान्छिको पाटोमा होस चाहे त्यो जीवनको पाटोमा । यि दुवै पात्रलाई अलिक बढी बिद्रोही बनाउनु पर्थ्यो । कुनै पनि सृजनले पाठकको आखाबाट आसु झार्न सफल हुनुपर्छ भने बिद्रोहको सङ्सङ्गै बिहु रोपी बिद्यामान कुरितिलाईइ धावा बोल्न सक्नुपर्छ । यो यहाँ पनि चुकेको छ ।
ठाउठाउमाअ पाठकको आंखामा आँशु झार्न सफल भए पनि विद्रोह गर्न सिकाएन यस उपन्यासले । त्यसैले यो उपन्यास परम्परावादी, यथार्थवादी छ भन्दा अन्याय हुने देखिदैन । मानव समाजमा खराव मात्र हैनन असल पात्रहरु पनि छन भन्ने दर्शाउदा दर्शाउदै ति तीन नानिहरुलाईइ बाउ जिउदै हुँदै गर्दा पनि उनिहरुलाईइ बाउको जिम्मामा राख्न नसक्नु समग्र समाज र देशको कानुन अनि बाल अधिकारको हनन भएको यथार्थता झल्किएको छ ।
ठाउठाउमाअ पाठकको आंखामा आँशु झार्न सफल भए पनि विद्रोह गर्न सिकाएन यस उपन्यासले । त्यसैले यो उपन्यास परम्परावादी, यथार्थवादी छ भन्दा अन्याय हुने देखिदैन । मानव समाजमा खराव मात्र हैनन असल पात्रहरु पनि छन भन्ने दर्शाउदा दर्शाउदै ति तीन नानिहरुलाईइ बाउ जिउदै हुँदै गर्दा पनि उनिहरुलाईइ बाउको जिम्मामा राख्न नसक्नु समग्र समाज र देशको कानुन अनि बाल अधिकारको हनन भएको यथार्थता झल्किएको छ ।
त्यस्तै गरी जीवन भन्छन एक नारीले एकै साथ दुई पुरुषसँग प्रेम गर्न सक्दैन पनि भन्छन तर बम्वैका सेठ्नीहरु उनका पुरुषहरु कही कतै व्यबसायमा लाग्दै गर्दा बहादुरहरुलाईइ बोलाउदै आफ्नो यौन प्यास मेटाएको पनि देखाउछन यहाँ ।हुन त प्रेम र यौन आफैमा पर्यायवाची चाही होईनन । त्यसैले यो उपन्यास महिलाहरु पिडित हुनमा महिलाको पनि ठूलो हात छ किन कि ठूलीकी आफ्नै सानीआमा सौताने आमा हुन्छिन र ढिडो ओडल्ने भजालोको नियुमा वच्चाहरु भोकै राख्न पछी नपर्ने, उनिहरुकै कुटाइको कारणले उसको आमाको मृत्यु हुने र अन्तमा सानिआमले पनि आफ्ना दुइ छोरीलाई छोडेर विचल्ली पार्दै आफ्नो श्रीमानको मृत्युपछी फेरी अर्कोसँग पोइल जानु हिजो पनि थियो र आज पनि यस्ता घटनाहरु महिलाकै कारणले घटिराखेको यतार्थ चित्रर्ण देखाउन सफल हो यो उपन्यास ।
यस उपन्यसका लेखकले महिलाहरु कमजोर छन भन्दै गर्दा पनि उनिहरु शक्तिशाली पनि भएको यथार्थता झल्काएका छन । उनले पशुपती मन्दिरमा वेसहार रुपमा भेटिएकी महिलालाई लिएर जादै गर्दा घरकी बुढिको सङ्कालाई चिर्न असफल देखिन्छन र वहानावाजी गर्दै घरसम्म पुर्याउछन र आफ्नै बुढिले दिएको आशिकलाई त्यसै समयमा आफुलाई सिद्द गर्ने अवसर हुँदाहुँदै पुना पशुपती मन्दिरमा आफ्नो बिगत्को बम्ब्बैको बिजन र नेपालको जीवन उहि हो भनि भन्न सक्दैनन ।लाचार देखिन्छन र एकान्तमा नै भेद खोल्दछन ।
त्यस्तै गरी मैले बुझिन या लेखक चुके उपन्यासको अन्तिम भागमा आएर । उनि २६४ पेजको तेश्रो अनुक्षेदको अन्तिम वाक्यमा भन्छन, "तर रुपाताल कहील्यै नहुनु प्रिय ।" यहाँनिर पटक्कै चित्त बुझेन किन कि रुपा त्यस क्षेत्रको सौन्द्र्य हो लाखौ करौडौ जिवजिवात्माको वासस्थान हो, हजारौ मानिसको आयार्जनको स्थलो हो, तर पनि रुपाताल नबन्नु भन्छन बिजन । यहाँको रुपा र रुपातालालाई बिम्ब को रुपमा पनि उतारिएको छ । मैले आफुले भन्नु पर्ने थियो भने त भन्ने थिए, 'प्रिय तिमी रुपाताल जस्तै अडिग बन , भोकाहरुको लागी आय आर्जनको केन्द्र बनिदेउ, प्राकृतिक सौन्दर्यमा रम्नेको लागि स्थान देउ,तर पनि जसरी रुपाताल सदियौ देखी अटल छ तिमी त्यस्तै बन्नसकिदेउ ।' तर फेरी उनि भन्छन कसैले नाम सोद्दा रुपा भनिदेउ तर नाम हुँदाहुँदै अनामिका नवनिदेउ । यही स्थान हो जहाँ लेखक आफ्नो कुरा सही तरिकाले पस्कन सकेका छैन र दोधारमा देखिन्छन ।
No comments:
Post a Comment