Sunday, October 1, 2017

आमा

2074-05-29
आमा
सुन्दैमा कति पवित्र हुन्छन जस्तो लाग्छ हाम्रा कानहरु जव हामी सुन्छौ नि आमा भन्ने शव्द्द । हो यही शव्दको मोहमा विश्व अडेको छ । विष्वास छ सवैलाई । त्यसो हो भने, को हो त त्यो आमा ?
आमा धर्ती हुन, आमा देश हुन, आमा ति हुन जासले आफ्नो वच्चालाई नौ महिनसम्म गर्भमा राखी आफ्नो बक्ष चुसाई वच्चाको खुशिमा सन्सार देख्ने महिला नै आमा हुन ।कति पवित्र लाग्छ यो शव्द सुन्दैमा । कती भरोसाको शव्द छ यो । कोही क्सैले सानो वच्चाको चित्त दुखयो भने वच्चाले भनिदिन्छ म मेरी आमालाईइ भनिदिन्छु भनेर ।
कति महान शव्द छ आमा । के सवै आमा साच्चै कै महान छन त ? के उनिहरु साच्चै कै न्यायमुर्ती हुन त ? हैनन कसरी भन्ने । तर समाजाम धेरै प्रकारका आमाहरु छन । भनिन्छ सवै आमाहरु दिलले भरिएका हुन्छन, आफ्ना सन्तानको लागी जे गर्न पनि तयार हुन्छन । कसैले आफ्नो सन्तानको वारेमा केहि नराम्रो सुनाएमा चित्त दुखाएर वसेका हुन्छन । त्यती मात्र हो र ? साना भैइन्जेल आफ्ना वच्चालाई भुटेका मकै चपाउदै निल्न सक्ने बनाएर खुवाउछन । आफ्नो स्तन्पान गराउन जतिसुकै अप्ठ्यारओ अव्स्थामा पनि उनिहरुलाई खुशी पार्न तयार हुन्छना । त्यसैले भन्नै पर्छ आमाहरु महान छन ।
पितृसतात्मका मुलुकमा प्रत्यक आमा आफ्नो कोखबाट छोराको आशा गरेकी हुन्छिन र छोरिभन्दा बढी छोरालाई प्रेम गरेको देखिन्छ । आजको आवश्यकता भनेको आमाहरु ह्रु भन्नेले नै सन्तान जे भए पनि त्यसम खुशी हुन सक्नु पर्छ र आमाहरु न्यायमुर्ती बन्नसक्नु पर्छ । आमा कति महान छन भन्ने दृस्टान्त जताततै देखिन्छ । यतिसम्मकी आमा दिनभरी काम गर्छिन खेतावारिमा तर उनलाई खान दिएको खाजा पोटुकिमा राखेर आफ्न वाल वच्चालाई पोटुकी खोदै खाजा दिन्छिन र उनका सन्तानहरु आमा कतिखेर पोटुकिमा खाज राखेर आउछिन भनेर उनको बाटो कुरी राखेक हुन्छना । मानव समाज समान छैन र सवै आमाहरु महान पनि छैनन ।
समाजमा त्यस्ता आमाहरु पनि छन जहाँ घास काटेर भैसीलाई घास खुवाउने छोरा या छोरिलाई खाना खाने बेलाम दुधको डाडु पुरै नगाडी दिन्छिन भने अर्को सन्तान जो कमाउने छ उसलाई दुधको डाडु गाडेर दुध दिन्छिन । अहिलेका केहि आमाहरु एउटा सन्तानको शिक्षा वा अन्य केहि कार्य गर्नको लागी तयार हुन्छिन भने अर्को सन्तानलाई हेला गरेका दृस्टान्तहरु प्रशस्त देख्नपाइन्छ । लिदै नलिएको र खादै नखाएको पैसाको लागी पनि तैले खाएको छस भन्न समेत पछी नपर्ने आमाहरु पनि छन । कस्तो बिड्म्ब्नका घटनाहरु समाजमा सुन्न पाइन्छकी एक सन्तान्लाई लाखौ करोडौको खर्च गर्न तयार हुन्छिन तर अर्को सन्तानलाई खादै नखाएको, लिदै नलिएको ॠणकी कुरा उठाई उनको छोरि लाई मात्र नभएर् उनका श्रीमान र छोराछोरीलाई समेत् गलत आँखाले हेर्ने आमाहरु यसै समाजमा देख्न पाईन्छ। पैसा भए सवै पाईन्छ भन्ने अहङ्कार वाल वच्चालाई हुर्काउनु आजका आमाको गलत शिक्षा हो। थाह छैन कि पैसा साधन हो साध्य चाँही होइन भनेर। असल आमाले आफना वालवच्चालाई असल सम्सकार दिनुपर्छ।
खाँदै नखाएको पैसा र लिदै नलिएको ॠणमा यदी कुनै आमाले आफ्नो सन्तान माथि आरोप लगाउछन भने कुन निती शास्त्रले यसको सम्क्षण गर्ला त ? कुनै एक भाई वा दिदी वा वहिनी एकै कोखबाट जन्मेर पनि एक आपसमा यती मात्र हो र लिदै नलिएको ठुलो रकम छोरी अर्को तर्फ आफुले कुनै ॠणै नलिएको सन्तानहरु आफ्नै आमाले विश्वास नगरिएकोले डिप्रेशनका बिरामी बन्नपुगेका छन। समाजमा कही आमा पीडित कही भाई पीडित कही बाहु पीडित ,कही दाजुभाइ पीडित त कही समाज पीडित समाज छ। यसलाई ठीक स्थानमा कुदाउने काम आमाको रहन्छ। समाज पित्रिसतात्मक भए पनि प्रत्यक घरमा आमाहरु बलिया छन र उनिहरुको सुनुवाई केही अपवाद वाहेक अरु लागु हुन्छ।
आमाहरु असल वन्न सकेमा समाज सभ्य बन्ने छ। प्रत्यक घरमा प्रत्यक आमाले आफ्ना वाल वच्चालाई कसैलाई काखी च्याप्ने र कसैलाई तिरस्कार नगरेमा र प्रत्यक आमाले आफ्ना सन्तानलाई सत मार्गमा हिंड्नसिकाएमा प्रत्यक घरमा शान्ती हुनेछ। प्रत्यक घर शान्तिमय भएमा टोल र टोल शन्तिमय भयमा देश र् देश शान्तिमय भएमा मानव समाज नै शान्तिमय हुनेछ। सवै आमाहरु पुज्जनीय हुनुपर्छ। यही हो आजको आवश्यकता। धर्तिमा वास, गास र कपासको व्यवस्था, त्यस्तै जन्मदाता आमा, शितलताको प्रतिक, माया र करुणाको प्रतिक, न्यायको प्रतिकले सत मार्ग दिनसकेमा मानव समाज सभ्य र सम्ब्रिद्दीले भरिपूर्ण हुने छ ।

No comments: